Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गण्डकी प्रदेश महोत्सव -२०८१ : मङ्सिर १५ गतेसम्म सञ्चालन हुने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • मंसिर ६, बिहीबार ०१:२९ बजे प्रकाशित
गैँडाकोट ६ मङ्सिर । नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सव मङ्सिर १५ गतेसम्म सञ्चालन हुने भएको छ । महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले महोत्सव पाँच दिन थप गरिएको जानकारी दिनुभयो ।
‘महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको उपस्थिति बढ्दै गएको र अझै धेरै आउन बाँकी रहेकाले महोत्सव सञ्चालन हुने अवधि पाँच दिन थप गरेका हौँ’ भट्टचनले भन्नुभयो, ‘सुरुआती समयमा आउन नपाउनुभएका दर्शकहरुलाई मध्यनजर गर्दै थपिएको समयमा सबैलाई महोत्सव अवलोधनका लागि आग्रहसमेत गर्दछु ।’ सार्वजनिक बिदाको दिन, शनिबार तथा सोमबार महोत्सव स्थलमा दर्शकहरुको उपस्थिति राम्रो रहेको उहाँले बताउनुभयो । कात्तिक २६ गतेदेखि सञ्चालन भएको दोस्रो संस्करणको महोत्सवमा महोत्सव परिसरमा निर्माण गरिएको नेपालकै पहिलो अन्डरवाटर फिस टनेल एवम् जनजातिहरुको सांस्कृतिक घरले दर्शकहरुलाई आकर्षण गर्दै लगेको उहाँको भनाइ छ ।
सांस्कृतिक घर अवलोन गर्ने दर्शकहरुले थारु, मगर, तामाङ, गुरुङ र चेपाङको संस्कृतिबारे चासो राख्दै उनीहरुको परम्परागत परिकारको स्वादसमेत लिने गरेका उहाँले बताउनुभयो ।
यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका मूल संयोजक भट्टचनले जानकारी दिनुभयो । सङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उहाँको दाबी छ । एक करोड ३० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ६० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
बुधबार महोत्सवको सांस्कृतिक कार्यक्रममा चर्चित गायिका ज्योति मगरले प्रस्तुती राखेकी महोत्सव सांस्कृतिक कार्यक्रम सहसंयाजक किशोर लम्सालले जानकारी दिनुभयो । मगरसँगै कार्यक्रममा सञ्जना श्रेष्ठ, गणेश विश्वकर्मासहित स्थानीय कलाकारहरुको प्रस्तुती रहेको लम्सालको भनाइ छ ।
भोलि बिहीबार महोत्सवको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनीसहित रुपा घर्ती मगर, बेली डान्सर चन्दना विश्वकर्मा, दीपक गरौजालगायतका कलाकारहरु प्रस्तुती रहने लम्सालले जानकारी दिनुभयो । नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा सञ्चालन भएको महोत्सवको व्यवस्थापन राजधानी अम्युजमेन्ट राइड्स नेपालले गरेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved