चितवन ८ मंसिर । भरतपुर महानगरपालिका–१९ शारदानगर नहरमा स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकसहित दुई जना घाइते भएका छन् ।
शुक्रवार राति साढे १० बजेको समयमा गैरी चौताराबाट टाउनतर्फ जादै गरेको ना ३० प १६१२ नम्बरको स्कुटर आफै अनियन्त्रित भइ पल्टिन जाँदा स्कुटर चालक भरतपुर–१७ बस्ने वर्ष अन्दाजी ४० को विनोद बस्नेत र स्कुटर पछाडि सवार भरतपुर–१८ बस्ने ३० वर्षीय प्रशान्त गुरुङ घाइते भएका हुन् । दुवैको अवस्था मध्यम रहेको र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।



















