काठमाडौं ११ मंसिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ।
सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँमा बयानका लागि ल्याउन लागिएको हो । काठमाडौं कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनासम्बन्धी परेको जाहेरीका आधारमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । सोही विषयमा अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
लामिछानेका एकजना सहयोगीले आज बिहान ८ बजेको उडानबाट काठमाडौँ ल्याउन लागिएको जानकारी दिएका छन् ।
यसअघि उनलाई रुपन्देशी लगेर बयान लिइएको थियो । अब काठमाडौँमा बयान सकिएपछि चितवनबाट पनि पक्राउ पुर्जी जारी भएकाले त्यहाँ लगेर पनि बयान लिइने जनाइएको छ । चितवनको सहारा बहुउद्धेश्यिय सहकारीको बचत रकम अपचलनको विषयमा पिडितले पछिल्लो पटक लामिछानेसहित १० जना विरुद्ध पुरक जाहेरी दिएका थिए ।



















