बुलिङटार १ मंसिर । ईनरह्विल क्लव अफ नारायणीबाट महिनावारी सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

ईनरह्विल क्लव अफ नारायणीका सदस्य डा.प्रजिता भण्डारीको सहजीकरणमा श्री छत्तीसा देवी माध्यमिक विद्यालय, बुलिङटार-१ थमबेसीमा कक्षा ६ देखि १० सम्मका छात्राहरुका लागि महिनावारी तथा व्यक्तिगत सरसफाइ सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भयो ।
क्लवका अध्यक्ष संगीता अर्यालको अध्यक्षता, वि.व्य.स. अध्यक्ष दुल बहादुर खण्डलुकज्यूको प्रमुख आतिथ्यता, विद्यालयका प्रधानाध्यापक तेजमान श्रेष्ठ, पूर्व अध्यक्षहरु अन्जना श्रेष्ठ, शान्ता पोख्रेल, निवर्तमान अध्यक्ष पवित्रा अधिकारी तथा सदस्य सुनिता गौतम र निर्मला बानियाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापकज्यूले विद्यालयका शुद्द पिउने पानी लगायत विविध समस्याहरुको रहेको जानकारी गराउनु भएको थियो । डा प्रजिता भण्डारीज्यूबाट विद्यालयलाइ तीनवटा पंखा हस्तान्तरण गर्नुभयो साथै कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरुलाइ आफ्नो छोराको अनुरोधमा शैक्षिक सामागी समेत वितरण गर्नुभएको थियो ।



















