Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ मंसिर १९ | मध्यान्ह ०७:०८ बजे

चितवन १९ मंसिर । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनको गेट अगाडि चर्को नारा लगाउँदै रास्वपाका सभापति रवि लामिछानेका समर्थक पुगेपछि भिडन्त सुरु भएको थियो । समर्थकले लामिछानेको पक्षमा नारा जुलुस गर्दै जिल्ला प्रहरी कार्यालयभित्रै प्रवेश गर्न खोजेपछि नियन्त्रणमा लिन खोज्दा दुई पक्षबीच झडप भएको हो । रास्वपा समर्थक र प्रहरीबीचको मुठभेडले केहीबेर भरतपुरको अस्पतालरोड क्षेत्र तनावग्रस्त भयो । चोबिसकोठीबाट प्रहरी घेरा तोडेर रास्वपा समर्थक जिल्ला प्रहरी कार्यलय अगाडि पुगेपछि दोहोरो झडप भएको थियो ।

arkhala ads

सुरुमा प्रदर्शनकारीले आफूहरुमाथि ढुंगा प्रहार गरेको प्रहरीको दावी छ । आफूहरुले संयम अपनाउँदा अपनाउँदै ढुंगा प्रहार भएपछि बल प्रयोग गरिएको चितवनका एसपी गौतम मिश्रले बताए । प्रदर्शनकारीको ढुंगा लागेर २० भन्दा बढी प्रहरी घाइते भएको उनको दावी छ । प्रहरीको बल प्रयोगमा रास्वपा जिल्ला सभापति कृष्ण भुषाल घाइते भएका छन् । आफूसहित १५ जनाभन्दा बढी घाइते भएको र विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको छ । सहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग दोस्रो दिन बुधबार पनि बयान लिने क्रम जारी छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनमा बिहान साढे ८ बजेदेखि लामिछानेसँग बयान चलिरहेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved