Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखाको आयोजनामा उत्कृष्ट हुने विद्यार्थी, विषयगत शिक्षक र विद्यालयहरुलाई सम्मान कार्यक्रम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • मंसिर २७, बिहीबार ०६:१९ बजे प्रकाशित
bulingtar press ads
बुलिङटार २७ मंसिर । बुलिङटार गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखाको आयोजनामा कक्षा – ८, SEE र कक्षा १२ मा उत्कृष्ट हुने विद्यार्थी, विषयगत शिक्षक र विद्यालयहरुलाई सम्मान गर्ने कार्यक्रम त्रिभुवन मा.वि को सभाहलमा भव्य रुपमा सम्पन्न गरियो ।
प्रशासन अधिकृत सिताराम खनाल ज्युको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष ई. दिपेन्द्र सुनारी ज्युको प्रमुख आतिथ्यतमा सम्पन्न भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष्य दिलमाया राना र  ६  वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षा समितिका पदाधिकारीहरु, पालिकाका कर्मचारीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, विद्यालयका प्र.अ.हरु ,बुद्धिजीविहरु, अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो ।
साथै कूल ६१ जना विद्यार्थी, ‍‍ १५ जना विषयगत शिक्षक र तीन उत्कृष्ट विद्यालयहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा उदीयमान भलिवल खेलाडी विद्यार्थी आक्रोण सुस्लीङलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा अध्यक्ष दिपेन्द्र सुनारीले शिक्षा क्षेत्रको विकास र गुणस्तर सुधारका लागि पालिका सदैव प्रतिबद्ध रहेको बताउँदै विद्यार्थीहरूलाई थप प्रोत्साहन गर्न यस्ता कार्यक्रमहरू आवश्यक रहेको उल्लेख गर्नु भयो। उहाँले विद्यार्थी, शिक्षक, र अभिभावकलाई शैक्षिक गुणस्तर सुधारका लागि थप जिम्मेवार बन्न आग्रह गर्नु भयो, साथै शिक्षा क्षेत्रमा समर्पण र परिश्रमको महत्वलाई बुझेर हामी बुलिङटार गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार्नका लागि निरन्तर कार्य गर्दै जाने र समग्र शिक्षा क्षेत्रमा सुधार र प्रगतिको यात्रामा हामी सबैको साथ र समर्थनको आवश्यकता रहेको भन्दै आफ्नो भनाई राख्नु भयो।
यस प्रकारका कार्यक्रमले गाउँपालिकाको शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको सहभागीहरूले वताउनु भयो ।

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved