Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

लाफा आमा समूह गैंडाकोटको प्रथम अधिबेशन शुक्रबार  ग्याचोडाँडा मौलाकालिका फेदीमा सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ पुस १३ | बिहान ०९:०९ बजे

पौष १२ गैंडाकोट  लाफा आमा समूह गैंडाकोटको प्रथम अधिबेशन शुक्रबार  ग्याचोडाँडा मौलाकालिका फेदीमा सम्पन्न  भएको छ  ।

 गैंडाकोट नगरपालिका वडा नं.२का वडा अध्यक्ष प्रकाश सापकोटा ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले खगी सरा राई मगर (गंगा) को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत गठन गरेको छ । समितिको उपाध्यक्षमा गुनीमाया अस्लामी मगर, सचिवमा नुनी माया थापा मगर, कोषाध्यक्षमा पदमा थापा मगर र सह-सचिवमा सीता लाम्छाने मगर चयन भएका छन । सदस्यहरुमा सानीमाया आले मगर,  मिना सारु मगर, रुमा थापा मगर निरा कुमारी बाचे मगर ,  दरिमाया सुगर्पाक मगर, कविता आले मगर , लिला सारु मगर र हुमीसरा ठाडा मगर  निर्वाचित भएका छन ।सो सभाले आमा समुहको सहयोग र सरसल्लाहको लागि एक सल्लाहकार समिति पनि गठन गरेको छ ।

arkhala ads

संयोजकमा, सनीसरा बाचे मगर सदस्यमा  सिरीमाया राना मगर, खगी सरा गुरुछन मगर , कृष्णमाया गाहा मगर, सीता माया गाहा मगर, गुनीमाया सारु मगर र रिमा सिन्जाली मगर रहेका छन । त्यस्तै निवर्तमान सचिव यशोधा बाचे मगरको संयोजकत्वमा लेखा समिती पनि गठन गरेको छ। लेखा समितिको सदस्यमा ओम कुमारी सारु मगर र गुनीमाया सारु मगर लाई छनौट गरेका छन।एक भव्य र सभ्य कार्यक्रमको बिच सम्पन्न अधिबेशनमा नव निर्चाचित पदाधिकारी तथा सदस्यहरु लाई निर्वाचन मण्डलका संयोजक खडक पामी आले मगर  महिला संजलका संयोजक निशा पाटा मगर ले सपथ ग्रहण गराएका थिए। निर्वाचन मण्डलमा निशा पाटा मगर र कमला थापा बिर्कट्ट मगर सदस्य रहेका थिए । निर्वाचन सर्वसम्मतिमा सम्पन्न भएको थियो । 

कार्यक्रमको उद्घाटन सत्रमा आमा समुहले हल सम्म गरिएको कार्यप्रगतीको प्रगति-प्रतिबेदन,आर्थिक प्रतिबेदन र संस्थाको भावी कार्यनीतिको कार्यपत्र पनि प्रस्तुत गरिएका थिए। वार्षिक कार्य प्रगती प्रतिवेदन सचिव यशोधा बाचे मगर र आर्थिक प्रतिवेदन पनि कोषाध्यक्षको अनुमतिमा सचिवले नै पढेर सुनाउनु भएको थियो। संस्थाको भवि  कार्यनीति  र वार्षिक कार्ययोजना भने अध्यक्ष स्वयमले नै प्रस्तुत गरेका थिए । तिनैवटै प्रतिवेदन सभाले कर्तालध्वानी एकमतले पास गरिएका थिए।गुनीमाया अस्लामीको मीठ स्वागत कौराह नृत्य  र  स्वागत मन्तव्य बाट सुरु गरिएको कार्यक्रममा आमा समूह लाई हाल सम्म नैतिक, भौतिक र आर्थिक रुपमा सहयोग गर्नु हुने विभिन्न सहयोगी दाताहरुलाई फूलमाला खडा र सम्मान पत्रले सम्मान गरिएका थिए ।

सम्मानित हुनु हुने समाजसेवी व्यक्तित्वहरुमा केहर सिं राना मगर, छविलाल राना मगर, शिव बहादुर पुन मगर, टंक बहादुर थापा मगर, टक बहदुर मसराङ्गी मगर, बम बहादुर थापा मगर, डम्बर सिं ठाडा मगर, छवि जंग वंशी ठकुरी र धन बहादुर राना मगर रहेका छन । त्यस्तै आमा समूहको दर्ता प्रक्रिया देखि हाल सम्म विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउने संस्थाका संरक्षक सल्लाहकार खडक पामी आले मगर लाई पनि समुहले फूलमाला खडा र प्रशंसा पत्रले सम्मान  गरिएका थिए ।त्यसरी नै सदस्य पदमा बसेर पनि समुहको  हरेक काममा  अहोरात्र खटिरहे  समूह सदस्य गुनीमाया अस्लामीलाई पनि सम्मान गरिएको थियो।कार्यक्रममा प्रमुख अतिथि प्रकाश सापकोटाले आफ्नो उद्घाटन मन्ततव्य राख्दै लाफा आमा समूह गैंडाकोटको गहना भएको बताउनु भयो ।

लाफा आमा समुहको हरेक क्रियाकलापले आफ्नो मन जितेको बताउदै अगामी दिनमा यो भन्दा राम्रो काम गर्दै जान सुझाव पनि दिनु भएको थियो। आफुले गतसाल थोरै मात्र आर्थिक सहयोग गर्न पाएको स्मरण गर्दै अगामी दिनमा आमा समुहले ल्याएको योजनामा नगरपालिकाबाट सक्दो आर्थिक  सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । विशिष्ट अतिथि नेपाल मगर लेखक संघ गण्डकी प्रदेशका उपाध्यक्ष खडक पामीआले मगरले आफ्नो शुभकामना मनतव्य राख्दै आमा हरुले गर्न चाहे देशमा धेरै  परिवर्तन ल्याउन सक्ने बताए। प्रथम  महिला राष्ट्रपति  विद्यादेवी भण्डारी  प्रथम महिला सभामुख ओनसरी घर्ती मगर, महिला प्रधान न्यायाधीश शुसिला कार्कीको दृष्टतान्त दिदैं गैंडाकोटका लाफा आमा समुहले पनि भोलिका विद्या भण्डारी, ओनसरी घर्ती र शुसिला कार्की जन्माउनु पर्ने बताए ।

मन्तव्यको क्रममा उपाध्यक्ष पामीआले मगरले हाल समाजमा देखिएको बड्दो क्रमको सामाजिक संजाल दुरुपयोगको कारण धेरै महिला दिदीबहिनीहरु सिकार भैरहेको बताउदै, यसमा महिला आमा दिदीबहिनीहरु सचेत रहन र सही सदुपयोग गर्न पनि सुझाएका थिए।कार्यक्रममा  गैंडाकोट नगरपालिका वडा नं १ का वडा सदस्य चेलीमाया सारु मगर , नेपाल मगर संघ गैंडाकोट नगर अध्यक्ष दुर्ग बहादुर पुन मगर , निवर्तमान अध्यक्ष, दुर्ग बहादुर मसङ्गी मगर, शाहिद लखन थापा भेजाको अध्यक्ष सम्भुसिं थापा मगर, सम्मानित व्यक्तित्व द्वया केहर सिं राना मगर ,छवि जंग वंशी ठकुरी र चेत बहादुर सारु मगर लगायतकाले शुभकामना मनतव्य राखेका थिए। ‘संस्कृति नै सम्पत्ति‘ भन्ने नाराका साथ सप्पन्न अधिबेशनमा कार्यक्रममा, प्रमुख अतिथी, विशिष्ट अतिथि, अतिथहरुलाई सबैलाई  मगर परिकार देउली बारा (बाटुक), गन्द्रुक भटमासको आचार र कोदोको अर्गानिक पेय पदार्थ खुवाई स्वागत गरेका थिए । भने मौलिक कौरानाच झमझम नचाएर भरपुर मनोरञ्जन पनि गराएको थिए। गंग राई मगरको अध्यक्षता सम्पन्न  कार्यक्रमको संचालन भने कविता आले मगर र शिव थापा मगरले गरेका थिए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved