Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

रोटरी क्लब अफ गैडाकोटले नवलपुरको बुलिङटार गाउँपालिकाका चार बिद्यालयका करिब १५० जना बिपन्न वालवालिकाहरुका लागि न्यानो कपडा वितरण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ पुस १६ | बिहान ०८:०९ बजे

गैडाकोट १६ पुस । रोटरी क्लब अफ गैडाकोटले नवलपुरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकाका चार बिद्यालयका करिब १५० जना बिपन्न वालवालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको छ ।

बुलिङटारको कोटथर थामबेसीमा अवस्थित श्री छत्तिसादेबी माबिमा सम्पन्न उक्त कार्यक्रममा छत्तिसादेबी माबि, श्री कालिका प्राबि, श्री सिर्जना प्राबि र जनमैत्री प्राबिका बालवालिकाहरुलाइ जाडोमा लगाउने स्वेटर, टोपी, मफलर लगायतका कपडाहरु बितरण गरिएको थियो ।

arkhala ads

छत्तिसादेबी माध्यमिक बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष तुलबहादुर खण्डलुकको अध्यक्षता र रोटरी क्लब अफ गैडाकोटका अध्यक्ष अधिवक्ता रमेश काफ्लेको प्रमुख आतिथ्यततामा सम्पन्न उक्त कार्यक्रममा रोटरी क्लब अफ गैडाकोटका पुर्व अध्यक्षहरु तथा पदाधिकारीहरु, बिद्यालय ब्यवस्थापन समिति, पुर्व प्राध्यापकहरु, शिक्षक अभिभावक संघ, अभिभावक, बिद्यार्थी समेत गरी करिब २०० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

गैडाकोट ईगलिश स्कुल, डायमण्ड फेन्सी र आरआर रेडिमेड लगायतको सहयोगमा सम्पन्न उक्त कार्यक्रमबाट बिपन्न बालवालिकाको स्वास्थ्यमा सुधार भइ शैक्षिक उन्नयनमा सहयोग पुग्ने अपेक्षाका साथ उक्त कार्यक्रम गरिएको सहयोगी संस्थाका अध्यक्ष रमेश काफ्लेले बताउनुभयो ।

रोटरी क्लब अफ गैडाकोटले बिपन्न समुदायको शिक्षा, स्वास्थ्य, खानेपानी र वातावरणीय सरसफाइ लगायतमा बिभिन्न कार्यक्रम गर्नुका साथै बिबिध कारणबाट कारागार जीवनमा रहनु परेका ब्यक्तिहरुको सहयोगकालागि केही समय अगाडि भरतपुर कारागार पुस्तकालयमा पुस्तक हस्तान्त्रण कार्यक्रम समेत गरेको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved