Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

रोटरी क्लब अफ गैडाकोटले नवलपुरको बुलिङटार गाउँपालिकाका चार बिद्यालयका करिब १५० जना बिपन्न वालवालिकाहरुका लागि न्यानो कपडा वितरण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • पुष १६, मंगलवार ०८:२४ बजे प्रकाशित
bulingtar press ads

गैडाकोट १६ पुस । रोटरी क्लब अफ गैडाकोटले नवलपुरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकाका चार बिद्यालयका करिब १५० जना बिपन्न वालवालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको छ ।

बुलिङटारको कोटथर थामबेसीमा अवस्थित श्री छत्तिसादेबी माबिमा सम्पन्न उक्त कार्यक्रममा छत्तिसादेबी माबि, श्री कालिका प्राबि, श्री सिर्जना प्राबि र जनमैत्री प्राबिका बालवालिकाहरुलाइ जाडोमा लगाउने स्वेटर, टोपी, मफलर लगायतका कपडाहरु बितरण गरिएको थियो ।

छत्तिसादेबी माध्यमिक बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष तुलबहादुर खण्डलुकको अध्यक्षता र रोटरी क्लब अफ गैडाकोटका अध्यक्ष अधिवक्ता रमेश काफ्लेको प्रमुख आतिथ्यततामा सम्पन्न उक्त कार्यक्रममा रोटरी क्लब अफ गैडाकोटका पुर्व अध्यक्षहरु तथा पदाधिकारीहरु, बिद्यालय ब्यवस्थापन समिति, पुर्व प्राध्यापकहरु, शिक्षक अभिभावक संघ, अभिभावक, बिद्यार्थी समेत गरी करिब २०० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

गैडाकोट ईगलिश स्कुल, डायमण्ड फेन्सी र आरआर रेडिमेड लगायतको सहयोगमा सम्पन्न उक्त कार्यक्रमबाट बिपन्न बालवालिकाको स्वास्थ्यमा सुधार भइ शैक्षिक उन्नयनमा सहयोग पुग्ने अपेक्षाका साथ उक्त कार्यक्रम गरिएको सहयोगी संस्थाका अध्यक्ष रमेश काफ्लेले बताउनुभयो ।

रोटरी क्लब अफ गैडाकोटले बिपन्न समुदायको शिक्षा, स्वास्थ्य, खानेपानी र वातावरणीय सरसफाइ लगायतमा बिभिन्न कार्यक्रम गर्नुका साथै बिबिध कारणबाट कारागार जीवनमा रहनु परेका ब्यक्तिहरुको सहयोगकालागि केही समय अगाडि भरतपुर कारागार पुस्तकालयमा पुस्तक हस्तान्त्रण कार्यक्रम समेत गरेको थियो ।

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved