नवलपुर २४ पुष । देवचुली नगरपालिका वडा नम्बर १७ मा दोस्रो पिप्रहर माघी मेला हुने भएको छ ।
पिप्रहर सामुदायिक होमस्टे ग्राम, आमा समूह, होटलव्यवसायी तथा युवाहरुको प्रतिनिधिमुलक संयुक्त भेलाको निर्णय अनुसार पौष मसान्तदेखि माघको २ गतेसम्म देवचुली १७ पिप्रहर गाउँमा ३ दिवसीय दोस्रोमाघी मेला आयोजना गर्न लागिएको हो ।
मेलाको प्रमुख आकर्षकका रुपमा स्थानीय परम्परागत खानाका परिकार बिक्रीका लागि प्रदर्शन,मेला अवधिभर भलिबल प्रतियोगिता, अन्तर आमा समुहकोलोक गीत प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारद्वारा मनोरञ्जन प्रदान गरिने,विभिन्न उद्योग व्यवसायहरुको उत्पादनबिक्रीका लागि प्रदर्शन,मेलाको अवधिमा होटल,होमस्टे तथा रेष्टुरेन्टहरुमा अग्रिम बुकिङ्ग गरि आउने पाहुनालाई विशेष छुट प्रदान गरिने,मेला अवधिभर जंगलसफारीको लागि अग्रिम बुकिङ्ग गर्नेहरुलाई विशेष छुट दिईने लगायत रहेको संयोजक आलेले बताए ।
तीन दिनसम्म संचालन हुने मेलामा ९/१० हजार मानिसहरु मेलाको अवलोकनमा आउने आयोजकको आकलन छ । मेलाका लागि करिब ९ लाख खर्च लाग्नेअनुमान गरिएको आयोजकले जानकारी दिए ।
मेलामा स्थानीय समुदाय,स्थानीय व्यापारीहरु व्यक्तिगत वा समुहगत रुपमा व्यापारिक काममा संलग्न हुने लक्ष्यराखिएको छ ।



















