काठमाडौं २४ पुस । सरोज विरही कार्की र शान्ति श्री परियारको आवाजमा लोक दोहोरी गीत ‘चिनजान गरौं‘ सार्वजनिक भएको छ ।
गीतमा शब्द लय सरोज विरहीकै छ भने संगीत पनि उनैले भरेका हुन् । पुरूष गायनमा उनीसँगै लिलाबहादुर गुरूङ र प्रितम गुरूङ पनि स्वर दिएका छन् ।
युट्युब च्यानल नेपाली भाकाबाट केही दिनअघि उक्त गीत म्युजिक भिडिओसहित सार्वजनिक भएको हो ।
महिला गायनमा शान्तिश्रीलाई रूपी सिन्जाली मगरको स्वर छ ।गीतको म्युजिक भिडिओमा रायन बस्याल, पार्वती श्रेष्ठ, लिलाबहादुर गुरूङ, सबिना बुनु, रामशरण कोइराला लगायतले अभिनय गरेका छन् ।
भिडिओलाई रायन बस्यालको कोरियोग्राफी छ । कार्कीका यसअघि ‘मायाको लाली जोबन‘, ‘हासेर बोलनी‘, ‘बादलुको घेरो‘, ‘हासेर बोलनी‘लगायत गीत लोकप्रिय छन् ।



















