गैंडाकोट २९ पुष । प्रथम माध्या सकराटी पर्व मेला-२०८१ (मगर मिनाम ल्हेस ५०१८) गैंडाकोटमा हुने भएको छ ।
पहिचान र परम्परालाई संस्थागत गरौं, यो हाम्रा अमूल्य सम्पत्ति पुस्ता हस्तान्तरण गरौं भन्ने मुलनाराको रुपमा नेपाल मगर संघ नगर समिति, गैडाकोट, नवलपरासी (ब.सु.पू.) को आयोजना र सह-आयोजक वडाका सम्पूर्ण मगर भेजाहरूले मगरहरुको मुख्य पर्वको रुपमा लिएको यस माध्या सकराटी मेला गर्ने भएको छ ।
यस मेलामा विभिन्न सास्कृतिक कार्यक्रम हुने भएको छ । जस्तै प्रमुख आकर्षणहरू : ४० वर्ष माथिकोले दौडेर राजा बन्ने प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, छेलो (ठेलो) हान्ने/फाल्ने प्रतियोगिता, धनु वाँण तारो हान्ने प्रतियोगिता, १५ वर्ष मुनिका बालबालिकाद्वारा मौलिक भेषभुषा प्रदर्शन,मौलिक कौराहा नाच, झामरे नाच प्रदर्शन,एकल वा समूह नाच प्रदर्शन,मौलिक मगर खाना परिकारहरुको प्रदर्शन र बिक्री वितरणहरु हेर्न सकिन्छ ।
यो मेला मूँयारथान परिसर वृन्दावन, तात्रीवास, गैंडाकोट-३ , मा गर्न लागेको यस मेलाका आयोजकले जानकारी दिनुभएको छ ।



















