Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटारमा टेलिफोन टावर निर्माणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण पत्र बुझाइए

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ माघ ३ | मध्यान्ह ०६:१० बजे

बुलिङटार ३ माघ । नवलपुरको पहाडी भेग बुलिङटारमा टेलिफोन टावर निर्माणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।

नेकपा ( एमाले) गण्डकी प्रदेश कमिटी सदस्य एवम् युवा नेता विद्रोही गिरी नेतृत्वको टोलीले सञ्चार मन्त्री गुरुङलाई भेटी बुलिङटार गाउँपालिकाको वडा नं. ४ को बोझापोखरी र बुलिङटार गाउँपालिका वडा नं. १ को लामटार डाँडामा नयाँ टावर निर्माण र बुलिङटार गाउँपालिका वडा नं.३ मा रहेको नेपाल टेलिकमको टावरको क्षमता वृद्धिका लागि मन्त्रीलाई ध्यानाकर्षण गराएको युवा नेता गिरीले जानकारी दिनुभयो ।

arkhala ads

कालीगण्डकी कोरिडोर ( गैंडाकोट– बुलिङटार –रामपुर) खण्डमा यात्रा गर्ने यात्रु देखि स्थानीय बासिन्दाले मोबाइलमा कुरा गर्न नेटवर्कमा समस्या देखिएकाले दुई ठाउँमा नयाँ टावर तथा बुलिङटार -३ मा रहेको टावरको क्षमता बढाउन आवश्यक देखिएको हो ।

सञ्चारको युगमा समेत मोबाइलको टावर टिपाउन अग्लो डाँडा खोज्दै हिड्नुपर्ने बाध्यता भएकाले मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने काम भएको हो । जतिसक्दो चाँडो नयाँ टावर र क्षमता वृद्धि गरी सञ्चालनमा ल्याउन नेपाल टेलिकमलाई निर्देशन दिने मन्त्री गुरुङले जानकारी दिनुभयो ।

तस्बिर : बुलिङटारमा टेलिफोन टावर निर्माणको माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण पत्र बुझाउदै युवा नेता विद्रोही गिरी

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved