Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

आठौं नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गते सम्म सन्चालन हुने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • माघ ४, शुक्रबार १०:४५ बजे प्रकाशित
bulingtar press ads

नवलपुर ४ माघ । आठौं नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गते सम्म सन्चालन हुने भएको छ ।

नवलपुर उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर महोत्सवको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष एवं आठौं नवलपुर महोत्सव मुल समितिका संयोजक वैकुण्ठप्रसाद अर्यालले पर्यटन कृषि उद्योग र व्यापारको उत्सव : समृद्ध नवलपुरका लागि आठौं महोत्सव भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गरिएको बताए ।

यस पटकको महोत्सवमा नवलपुरमा पहिलो पल्ट ईफिल टावर, फिस टनेल, सुनामी झुला आकर्षणको रुपमा रहने बताईएको छ । त्यसै गरी महोत्सवमा विभिन्न जातजातिको कला प्रर्दशनी, स्थानीय एवं राष्ट्रिय कलाकारहरुको प्रस्तुति, जिल्लामा उत्पादित वस्तुको प्रर्दशनी, एक पालिका एक कृषि प्रवर्द्धन अन्तर्गत कृषि प्रर्दशनी, शैक्षिक अनुसन्धान र नव प्रवर्तन कार्य प्रोत्साहन कार्यक्रम, रत्यौली प्रतियोगिता, नवलपुर डान्स आईडिएल, श्रष्टा सम्मान तथा रचना वाचन लगाएतका कार्यक्रम रहने पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

महोत्सव परिसरमा निशुल्क आँखा परिक्षण शिविर सन्चालन गरिने र त्यहाँ फेला परेका मोतियाविन्दुका बिरामीलाई निशुल्क अपरेसनको व्यवस्था मिलाईएको महासचिव सागर पोख्रेलले जानकारी दिए । यस पटक धुलो रहित महोत्सव हुने र विगतका वर्षका भन्दा महोत्सव फरक हुने र यसले समग्र नवलपुरको आर्थिक तथा पर्यटकिय सम्भावनालाई थप उजागर गर्ने उनले बताए ।

५ करोड रुपैंया आर्थिक कारोवार हुने लक्ष्य लिएको उद्योेग वाणिज्य संघले महोत्सवमा ७५ लाख आम्दानी, ५० लाख खर्च र २५ लाख वचत हुने अनुमान गरेको छ । ८० हजारले प्रत्यक्ष तथा करीव ५ लाख जनाले महोत्सवको अप्रत्यक्ष अवलोकन गर्ने आयोजकले दावी गरेको छ ।

महोत्सवमा प्रवेश शुल्क १ सय रुपैंया कायम गरिएको छ । विद्यार्थीका लागि ६० रुपिया र मा ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

महोत्सव कावासोती-१६ को अंकुर आर्दश सामुदायिक वन कार्यालय परिसरमा सन्चालन हुने जनाईएको छ ।

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved