Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

कोरिडोरको तरङ खोलामा पुल निर्माण थाल्न स्थानीयले गुहारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • माघ ४, शुक्रबार ०३:४५ बजे प्रकाशित
bulingtar press ads
बुलिङटार ४ माघ । कालीगण्डकी कोरिडोर (गैंडाकोट– बुलिङटार –रामपुर) खण्डको तरङ खोलामा निर्माणाधिन पुलअलपत्र  परेपछि स्थानीयहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गुहारेका छन् ।
नवलपुरको बुलिङटार र गैंडाकोट जोड्ने तरङ  खोलामा  कालीगण्डकी कोरिडोर गैंडाकोट–राम्दी– मालढुंगा सडक योजनाअन्तरगत २०७५ सालमा ठेक्का सझौताभएर काम थाले पनि पुलको निर्माण सम्पन्न नभएपछि मन्त्रालय नै गुहार्न परेको नेकपा ( एमाले) गण्डकी प्रदेश कमिटि सदस्य एवम् युवा नेता विद्रोही गिरीले जानकारी दिनुभयो ।
२०७६ माघ मसान्तमा काम सक्नु पर्नेमा निर्माण कम्पनीले काम नसकेपछि २०८१ चैत्र मसान्त सम्म म्याद थप भएको थियो । थपिएको म्याद सकिन तीन महिना बाँकी हुँदा समेत निर्माण कम्पनीले पुल बनाउन वास्ता गरेको छैन ।  पुलको दाया बाँया पिल्लरको काम भएको  छ भने मुख्य काम स्यावको बनाउन बाँकी छ ।
२० मीटर लामो पुल निर्माणका लागि रु चार करोड ३५ लाख ६७ हजारमा ठेक्का लागेको थियो । पुलको भौतिक तथा बित्तिय प्रगति ६४ प्रतिशत भए पनि निर्माण कम्पनी पुल निर्माणमा अग्रसर नदेखिएको कालीगण्डकी कोरिडोर गैंडाकोट–राम्दी– मालढुंगा सडक योजनाले जनाएको छ ।
निर्माण कम्पनी लोहनी एण्ड ब्रर्दश÷लोहनी एण्ड सन्स जेवी चितवन सम्पर्कमा नआउदा पनि निर्माणमा बिलम्बभएको योजनाका सूचनाअधिकारी इन्जिनियर अरुण खत्रीले बताउनुभयो ।
खोला नजिकैको पहिरो देखाएर पुलनिर्माणको काम अलमलमा परेको हो । योजनाले समेत बिभागको रायचाहिने भन्दै पन्छिने काम गरेपछि पाल्पा क्षेत्र नं. १ का सांसद नारायण आचार्य, युवा नेता विद्रोही गिरी बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगर लगाएको टोलीले भौतिक पूर्वाधार मन्त्री देबेन्द्र दाहाल, मन्त्रालयका सचिब केशब आचार्य र सडक बिभागका महानिर्देशक रामहरि पोखरेललाई भेटी तत्काल नै पुलनिर्माण थाल्न अनुरोध गरेका छन् ।
बर्षा अगाडि पुलनिर्माण नभए नवलपुरको उत्तर भेग, पाल्पा, स्याङ्जा, तनहुँको दक्षिण भेग, गुल्मीको पूर्वी भेगमा यातायात सञ्चालनमा अबरोध आउने छ । पुलनिर्माणका सन्र्दभमा १५ दिनभित्रमा के गर्न सकिन्छ भन्ने बिषयमा टुंगाउने गरी काम थालिने सडक बिभागका महानिर्देशक रामहरि पोखरेलले बताउनु भयो ।
फोटो
१.नवलपुरको बुलिङटार र गैंडाकोट जोड्ने तरङ  खोलामा ६ बर्ष देखि निमार्णाधिन पुल ।
२. नवलपुरको बुलिङटार र गैंडाकोट जोड्ने तरङ  खोलामापुल नबनेपछि मन्त्रालयगुहार्न पुगेको पाल्पा क्षेत्र नं. १ का सांसद नारायण आचार्य सहितको टोली । 

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved