बुलिङटार ४ माघ । कालीगण्डकी कोरिडोर (गैंडाकोट– बुलिङटार –रामपुर) खण्डको तरङ खोलामा निर्माणाधिन पुलअलपत्र परेपछि स्थानीयहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गुहारेका छन् ।
नवलपुरको बुलिङटार र गैंडाकोट जोड्ने तरङ खोलामा कालीगण्डकी कोरिडोर गैंडाकोट–राम्दी– मालढुंगा सडक योजनाअन्तरगत २०७५ सालमा ठेक्का सझौताभएर काम थाले पनि पुलको निर्माण सम्पन्न नभएपछि मन्त्रालय नै गुहार्न परेको नेकपा ( एमाले) गण्डकी प्रदेश कमिटि सदस्य एवम् युवा नेता विद्रोही गिरीले जानकारी दिनुभयो ।
२०७६ माघ मसान्तमा काम सक्नु पर्नेमा निर्माण कम्पनीले काम नसकेपछि २०८१ चैत्र मसान्त सम्म म्याद थप भएको थियो । थपिएको म्याद सकिन तीन महिना बाँकी हुँदा समेत निर्माण कम्पनीले पुल बनाउन वास्ता गरेको छैन । पुलको दाया बाँया पिल्लरको काम भएको छ भने मुख्य काम स्यावको बनाउन बाँकी छ ।
२० मीटर लामो पुल निर्माणका लागि रु चार करोड ३५ लाख ६७ हजारमा ठेक्का लागेको थियो । पुलको भौतिक तथा बित्तिय प्रगति ६४ प्रतिशत भए पनि निर्माण कम्पनी पुल निर्माणमा अग्रसर नदेखिएको कालीगण्डकी कोरिडोर गैंडाकोट–राम्दी– मालढुंगा सडक योजनाले जनाएको छ ।
निर्माण कम्पनी लोहनी एण्ड ब्रर्दश÷लोहनी एण्ड सन्स जेवी चितवन सम्पर्कमा नआउदा पनि निर्माणमा बिलम्बभएको योजनाका सूचनाअधिकारी इन्जिनियर अरुण खत्रीले बताउनुभयो ।
खोला नजिकैको पहिरो देखाएर पुलनिर्माणको काम अलमलमा परेको हो । योजनाले समेत बिभागको रायचाहिने भन्दै पन्छिने काम गरेपछि पाल्पा क्षेत्र नं. १ का सांसद नारायण आचार्य, युवा नेता विद्रोही गिरी बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगर लगाएको टोलीले भौतिक पूर्वाधार मन्त्री देबेन्द्र दाहाल, मन्त्रालयका सचिब केशब आचार्य र सडक बिभागका महानिर्देशक रामहरि पोखरेललाई भेटी तत्काल नै पुलनिर्माण थाल्न अनुरोध गरेका छन् ।
बर्षा अगाडि पुलनिर्माण नभए नवलपुरको उत्तर भेग, पाल्पा, स्याङ्जा, तनहुँको दक्षिण भेग, गुल्मीको पूर्वी भेगमा यातायात सञ्चालनमा अबरोध आउने छ । पुलनिर्माणका सन्र्दभमा १५ दिनभित्रमा के गर्न सकिन्छ भन्ने बिषयमा टुंगाउने गरी काम थालिने सडक बिभागका महानिर्देशक रामहरि पोखरेलले बताउनु भयो ।
फोटो
१.नवलपुरको बुलिङटार र गैंडाकोट जोड्ने तरङ खोलामा ६ बर्ष देखि निमार्णाधिन पुल ।

२. नवलपुरको बुलिङटार र गैंडाकोट जोड्ने तरङ खोलामापुल नबनेपछि मन्त्रालयगुहार्न पुगेको पाल्पा क्षेत्र नं. १ का सांसद नारायण आचार्य सहितको टोली । 




















