Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

रवि,छविलाल लगायत १४ जनाविरुद्धअनुसन्धान सकेर चितवन प्रहरीले प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझायो

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • माघ ५, शनिबार ०८:२४ बजे प्रकाशित
bulingtar press ads

चितवन ४  माघ । साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत अपचलनमा चितवन प्रहरीले रवि लामिछाने, छविलाल जोशीलगायत १४ जनाविरुद्ध अनुसन्धान पूरा गरेर शुक्रबार जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल)को कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

यो प्रकरणमा यसअघि नै १७ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । सरकारी वकिलको कार्यालयको थप अनुसन्धान गर्नु भन्ने निर्देशनबमोजिम प्रहरीले पूरक अनुसन्धान गरेको हो । प्रहरी कार्यालयबाट पूरक प्रतिवेदन आइसकेको र अध्ययन बाँकी नै रहेको जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले बताए ।चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोले थप १४ जनालाई प्रतिवादी बनाउन राय पठाएको बताए । ‘पूरक प्रतिवेदनमा रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाललगायत १४ जनालाई प्रतिवादी बनाउनु पर्ने राय छ । त्यसैगरी सहकारीको रकम गएको सातवटा कम्पनीलाई पनि मुद्दा चलाउनु पर्ने देखिएको छ । सरकारी वकिलको कार्यालयले यसमा अध्ययन गरेर त्यहीअनुरुपको माग दाबीसहित अदालतमा मुद्दा जानेछ,’ डीएसपी महतोले भने ।

साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत रकम हिनामिना भएको भनेर २०८० असोज ९ मा चितवन प्रहरीमा जाहेरी परेको थियो । लगभग एक वर्ष लगाएर चितवन प्रहरीले गरेको अनुसन्धानको आधारमा गत असोज ८ गते १७ जना विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । साथै मुद्दा दायर गर्दा जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम गएको देखिएको गोर्खा मिडियाको थप अनुसन्धान गर्न पनि प्रहरीलाई निर्देशन दिएको थियो । प्रहरीले यस विषयमा बल्ल अनुसन्धान पूरा गरेको हो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
5f97157d81242b43f0a1a479988ad917

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा...

  • बुलिङटार प्रेस
  • फाल्गुन १२, मंगलवार ०९:०३ बजे प्रकाशित
IMG_1619

निर्वाचनलाई लक्षित गर्दै भागीरथ सापकोटाले मतदाता भेटघाट...

  • बुलिङटार प्रेस
  • फाल्गुन १२, मंगलवार ०७:३६ बजे प्रकाशित
IMG_1584

धादिङमा भएको बस दुर्घटनामा परेर १७ जनाको...

  • बुलिङटार प्रेस
  • फाल्गुन ११, सोमबार ०५:५८ बजे प्रकाशित
IMG_2909

गैँडाकोटमा २७औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषामा...

  • बुलिङटार प्रेस
  • फाल्गुन ९, शनिबार ०९:४७ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved