चितवन ५ माघ । अचेत अवस्थामा भेटिएका एक पुरुष उपचारका क्रममा मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका वडा नं–६, शनेश्चरी माई मन्दिरस्थित चितवन टोल सुधार समितिका ७५ वर्षीय लाल्चेन शेर्पाको घरको वरन्डामा पानी मागेर खानेक्रममा एक्कासि अचेत भएका चितवनको माडी–८ बस्ने ४४ वर्षीय चित्रबहादुर विकको भरतपुर अस्पतालमा उपचारका क्रममा शुक्रबार बेलुकी ५ः०० बजेको समयमा डाक्टरले मृत घोषणा गरेका हुन् ।



















