बुलिङटार ७ माघ । बुलिङटार गाउँपालिको आयोजनामा यस पालिका अन्तर्गत रहेका सम्पुर्ण सहकारी संस्थाहरु सगँको अन्तर्क्रिया कार्यक्रम मिति २०८१ माघ ६ गते वडा नं. ३ को सभाहलमा वडा नं. ३ वडा अध्यक्ष श्रि विष्णु विर जर्घा मगर ज्यु को अध्यक्षता तथा जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलक प्रसादपराजुली ज्यू, उपाध्यक्ष तुल माणि पौडेल ज्यू, सचिव श्याम सुन्दर लामिछाने ज्यू को आतिथ्यतामा सम्पन्न भयो ।
उत्त कार्यक्रममा प्रशासकीय अधिकृत कृष्ण राज जोशी, सहकारी शाखा प्रमुख सरीता भाट, श्रोत शिक्षक देउ दहादुर चितौरे र सहकारी समितिका अध्यक्षहरुतथा पदाधिकारिहरुको उपस्थितिमा अध्यक्ष तिलक प्रसाद पराजुली ज्युले सहकारीमा देखिएका समस्याहरु र त्यसका समधानहरु बताउनु भयो । साथै उक्त भेलाले कोशराज पौडेल ज्यु अध्यक्ष रहने गरि निम्न ७ सदस्यिय ” बुलिङटार सहकारी समन्वयन मंच” गठनगर्यो ।

समितिका पदाधिकारीहरुः
अध्यक्ष : श्री कोशराज पौडेल
उपाध्यक्ष : श्री देउमाया डिस्वा मगर
सचीव : श्री सीता कुवंर क्षेत्री गिरी
कोषाध्यक्ष : श्री धन बहादुर गुरुङ
सदस्य : श्री दुर्गामाया सारु मगर
सदस्य : श्री जीत बहादुर दरै
सदस्य : श्री खेमराज ठाडा मगर



















