नवलपुर ७ पाघ । नवलपुरको गैँडाकोट ३ ढोडनीस्थित कालीगण्डकी कोरिडोरमा बाघले झम्टेर मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट–३, ढोडनीमा ढोडनीबाट गैँडाकोटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ प ९८३५ नम्वरको मोटरसाइकललाई अचानक बाघले झम्टिन खोज्दा मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक तनहुँ जिल्लाको शुक्लगण्डकी गाउँपालिका–३ निवासी २९ वर्षीय सुशील परियार र मोटरसाइकल पछाडि सवारी चितवनको रत्ननगर–१० निवासी ३० वर्षीय दीपेन्द्र नेपाल घाइते भएका हुन् ।
घाइतेहरुको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुर चितवनमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।



















