बुलिङटार १२ माघ ।
बुलिङटारमा ७औँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता -२०८१ को पहिलो दिन १३ गते त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा समुद्धघाटन गरिएको छ ।

“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित यही माघ १३ गतेबाट १५ गते सम्म हुने ३ दिन संचालन भएको बुलिङटार गाउँपालिका स्तरीय ७औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको खेलमैदानमा भब्य रुपमा पहिलो दिन सम्पना भएको छ ।
कार्यक्रमको उद्घाटन सत्र गाउँपालिकाका शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख शिक्षा अधिकृतको अध्यक्षतामा भएको हो । प्रमुख अतिथिको रूपमा बुलिङटार गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी, विशिष्ट अथिति गाउँपालिका उपाध्यक्ष दिलमाया राना, विशेष अथिति प्रमुख प्रशासिक अधिकृत राम चन्द्र भुसाल बुलिङटार गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता साथै सातौं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगितामा बुलिङटार गाउपालिमा अन्तर्गतका ८ वटा सामुदायिक माध्यमिक बिद्यालयहरुको सहभागिता साथै सम्पूर्ण वडाका वडाध्यक्षज्यूहरू, विभिन्न राजनितिक दलका प्रमुख, गाउँ शिक्षा समितिका सदस्यहरू, प्रधानाध्यापक, शिक्षक, र खेलप्रेमीहरूको पनि महत्वपूर्ण उपस्थिती रहेको थियो ।

अन्तयमा शिक्षा युवा तथा खेलकुद शाखाको तर्फबाट गाउँपालिकाका अध्यक्षज्यू, उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, सम्पूर्ण वडा अध्यक्षज्यूहरु, बुलिङटार प्रहरी कार्यालय प्रमुखज्यू, सम्पूर्ण खेलका रेफ्री तथा प्रशिक्षकज्यूहरु, बुलिङटार गाउँपालिकाका सम्पूर्ण कर्मचारी ज्यूहरु, सम्पूर्ण विद्यालयका प्र.अ. ज्यूहरू तथा खेल शिक्षकज्यूहरु लगायत सम्पूर्ण सहयोगी मनहरुमा सह्रदय धन्यबाद प्रदान गर्नुभएको छ । प्रथम, द्दितीय र तृतीय हुने विद्यालयहरूलाई क्रमस २० हजार, १५ हजार र १० हजार नगद, शिल्ड,ट्रर्फी र मेडल सहित पुरूस्कृत गरिनेछ ।



















