Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटारमा  सातौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता -२०८१ को १५ गते त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ माघ १६ | बिहान ०७:१० बजे

बुलिङटार १६ माघ । बुलिङटारमा  सातौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता -२०८१ को १५ गते त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ ।

“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित यही माघ १३ गतेबाट १५ गते सम्म हुने ३ दिन संचालन भएको बुलिङटार गाउँपालिका स्तरीय ७औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको खेलमैदानमा भब्य रुपमा सम्पना गरिएको छ ।

arkhala ads

बुलिङटार गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा श्री त्रिभुवन मा.वि. को खेलमैदानमा मिति २०८१/१०/१३ देखि १५  गते सम्म संचालन भएको  प्रतियोगितामा सहभागी ८ ओटा माध्यमिक विद्यालयहरु मध्ये श्री त्रिभुवन मा.वि.१२ स्वर्ण , २ रजत र ७ कास्य पदक सहित कुल २१ पदक प्राप्त गरि सर्वप्रथम, श्री शिव मा.वि. ७ स्वर्ण , ४ रजत र ३ कास्य पदक सहित कुल १४ पदक प्राप्त गरि सर्वद्वितीय र श्री जनजागृति मा.वि. २ स्वर्ण, ४ रजत र ३ कास्य पदक सहित कुल ९ पदक प्राप्त गरि सर्वतृतीय हुन सफल भएका छन् ।

प्रथम, द्दितीय र तृतीय हुने विद्यालयहरूलाई क्रमस २० हजार, १५ हजार र १० हजार नगद, शिल्ड,ट्रर्फी र मेडल सहित पुरूस्कृत गरियो ।

शिल्ड प्रतियोगितामा बुलिङटार गाउपालिमा अन्तर्गतका ८ वटा सामुदायिक माध्यमिक बिद्यालयहरुको सहभागिता साथै सम्पूर्ण वडाका वडाध्यक्षज्यूहरू, विभिन्न राजनितिक दलका प्रमुख, गाउँ शिक्षा समितिका सदस्यहरू, प्रधानाध्यापक, शिक्षक, र खेलप्रेमीहरूको पनि महत्वपूर्ण उपस्थिती रहेको थियो ।

बुलिङटार गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीले विद्यार्थीहरूको प्रतिभा उजागर गर्दै शारीरिक, मानसिक र सामाजिक विकासलाई प्राथमिकतामा राखी यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रमको गाउँपालिकाका शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख शिक्षा अधिकृतको अध्यक्षतामा भएको हो । प्रमुख अतिथिको रूपमा बुलिङटार गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी, विशिष्ट अथिति गाउँपालिका उपाध्यक्ष दिलमाया राना, विशेष अथिति प्रमुख प्रशासिक अधिकृत राम चन्द्र भुसाल बुलिङटार गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता साथै सातौं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगितामा बुलिङटार गाउपालिमा अन्तर्गतका ८ वटा सामुदायिक माध्यमिक बिद्यालयहरुको सहभागिता साथै सम्पूर्ण वडाका वडाध्यक्षज्यूहरू, विभिन्न राजनितिक दलका प्रमुख, गाउँ शिक्षा समितिका सदस्यहरू, प्रधानाध्यापक, शिक्षक, र खेलप्रेमीहरूको पनि महत्वपूर्ण उपस्थिती रहेको थियो ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने , प्रत्यक्ष/अप्रत्यक्ष रूपमा जाेडिनुहुने सम्पूर्ण विशिष्ट व्यक्तित्वहरूमा शाखाका प्रमुख बुद्ध प्रसाद रानाभाटले हार्दिक  धन्यवाद गर्नुभएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved