गैंडाकोट १६ माघ । भागरमा माघे औंशीको अवसरमा विगत ४० वर्ष देखि मनाईदै आएको विशेष मेलालाई निरन्तरता दिईएको छ ।
स्थानीय मेलाई निरन्तरता दिदै स्थानीय क्लब टाउन भागर युवा क्लबको आयोजना विविध खेलकुद कार्यक्रम समेत गरिएको छ । यहि माघ १४ देखि २२ सम्म चल्ने विविध खेलकुद कार्यक्रमको समुद्घाटन कार्यक्रम गैंडाकोट नगरपालिकाकी उपप्रमुख शान्ती कोईरालाको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुादै उपप्रमुख कोईरालाले यस्ता स्थानीय मेलाले यहाँको स्थानीयता झल्काउने साथै हाम्रा कला संस्कृतिहरु जेगाउन सहयोग पुर्याउने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा गैंडाकोट १४ की वडाध्यक्ष कोकिसरा राना मगर र जिल्ला खेलकुद विकास समितिका सचिव विष्णुलाल श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमलाई आफ्नो सम्बोधनका क्रममा वडाध्यक्ष रानामगरले यस्तो स्थानीय बजारले यहाँको स्थानीयता झल्काउने बताउनुभयो ।
बजारमा पाईने स्थानीय परिकारहरु तथा मौलिक खानेकुराले बजारको रौनकता थपेको बताउनुभयो । साथमा यहाँ खेलाईने खेलहरु भलिबल, डोरी तान्ने खेल, घैटो फुटाई खेलले स्थानीयता झल्काउने तथा यस ठाउँको प्रचार प्रसारमा सहयोग पुर्याउने बताउनुभयो ।



















