बुलिङ्टार १७ माघ । एच.पी.भी. खोप (महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप) अभियान २०८१ को बुलिङ्टार गाउँपालिकामा सम्पन्न भएको छ ।

बुलिङ्टार गाउँपालिका पालिका स्तरीय खोप समन्वय समितिको बैठक तथा अन्य सरोकारवालाहरूको अन्तरक्रिया कार्यक्रम बुलिङ्टार गाउँपालिकाका श्रद्धय अध्यक्ष ई. दिपेन्द्र सुनारी ज्यूको अध्यक्षतामा यस गाउँ कार्यपालिका सदस्यज्यूहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, शिक्षा सम्बद्ध व्यक्तिहरू लगायतका सरोकारवालाहरूको उपस्थितिमा सो कार्यक्रम भएको थियो । यस अभियानमा यस गाउँपालिकाका कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत किशोरीहरु र स्कुल नजाने समुदायमा रहेका १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरू गरी कुल ६६९ जना किशोरीहरूलाई १५ वटा विद्यालय र ६ वटा स्वास्थ्य सस्थाहरु बाट २१ जना स्वास्थ्यकर्मीहरूद्वारा २१ वटा खोप केन्द्रबाट यही माघ २२ गतेदेखि २४ गतेसम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पी.भि. खोप लगाइँदै छ ।

विद्यालयमा जानि तथा नजानि सबै बालिकाहरुलाई खोप केन्द्रमा पठाउनु हुनका लागि सबै तह र तप्कामा रहनु हुनि सबैमा यस स्वास्थ्य शाखाले सहयोगका लागि अनुरोध गरिएको छ ।



















