काठमाडौं १८ माघ । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ।
दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । संसद् अधिवेशनको सबै तयारी पूरा भएको प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
अधिवेशन शुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलीय आधारमा सदस्यले मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



















