चितवन २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ ।
जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबारदेखि नै थुनछेक बहस सुरु भएको थियो । तर, नसकिएपछि रविलाई न्यायीक हिरासतमा पठाइएको थियो । आज दोस्रो दिनको थुनछेक बहस सुरु भएको जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
रविविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा मंगलबार जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको थियो ।
त्यसैले उनी बुधबार नै बयान दिन अदालत पुगेका थिए । बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो ।



















