Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटारमा “चम्घा-खसुवा सोलार लिफ्ट खानेपानी तथा सरसफाई योजना” सम्पन्न गर्ने सम्झौतामा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ माघ २४ | मध्यान्ह ०९:१० बजे

बुलिङटार २४ माघ । बुलिङटार गाउँपालिका र रोटरी क्लब अफ चितवनबीच “चम्घा-खसुवा सोलार लिफ्ट खानेपानी तथा सरसफाई योजना” सम्पन्न गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

arkhala ads

गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी मगरले आफ्नै नेतृत्वमा जनताको जीवनस्तर सुधार्न र समृद्ध गाउँपालिका निर्माण गर्न महत्त्वपूर्ण योजनाहरू अगाडि बढाउनाको लागि सो काम गर्नुभएको हो ।
रोटरी क्लबका अध्यक्ष भानु शर्मा र बुलिङटार गाउँपालिकाको तर्फबाट अध्यक्ष दिपेन्द्र सुनारी मगरले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । यस योजनामा रोटरी क्लव अफ चितवनसँगै अन्तराष्ट्रिय संस्था (जापानिज टोली) को पनि आर्थिक सहयोग रहने अध्यक्ष सुनारी मगरले जानकारी गर्नुभएको दिनुभएको हो
यस योजनाले १८५ घरधुरीलाई “एक घर एक धारा” मार्फत स्वच्छ खानेपानी सेवा उपलब्ध गराउनुका साथै, राष्ट्रिय आधारभूत विद्यालय चम्घाका ८५ जना विद्यार्थीका लागि स्वच्छ पिउने पानी, हात धुने सुविधा र चर्पीको व्यवस्था गर्नेछ। सरसफाई र स्वस्थताका क्षेत्रमा जनचेतना जगाउनुका साथै खेर जाने पानीको उपयोगबाट करेसा बारी सिँचाइ गरी करिब १० रोपनी जग्गामा तरकारी खेती विस्तार गरिनेछ। यसले स्थानीय कृषिलाई प्रोत्साहन गर्दै आयआर्जनमा वृद्धि गर्ने लक्ष्य राखेको छ ।


करीब ५५ लाख रुपैयाँको अनुमानित बजेटमा सञ्चालन हुने यो योजनाले खानेपानी, कृषि, र सरसफाईमा सुधार ल्याउँदै स्थानीय जनताको जीवनस्तर उकास्न सहयोग पुर्याउनेछ।
अध्यक्ष दिपेन्द्र सुनारी मगरले दूरदृष्टि र प्रतिबद्धताका कारण बुलिङटार गाउँपालिकाले दिगो विकासका लागि थुप्रै सकारात्मक पहल गरिरहेको , जनताको आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर अघि बढाइएको यस्तो योजनाले बुलिङटारलाई “बस्न योग्य र हेर्न लायक समृद्ध बुलिङटार” बनाउने दिशामा थप मजबुत आधार तयार गरेको बताउनु भएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved