गैँडाकोट २४ माघ । गैँडाकोटमा विद्युत मर्मतका लागि पोलमा चढेका एक मजदुरको करेन्ट लागेर आज साँझ मृत्यु भएको छ ।
गैँडाकोट नगरपालिका वडा नं. ५ कालिकाचोकमा विद्युतको पोलमा चढेका एक मजदुरको ज्यान गएको हो ।
मृत्यु हनेमा जाजकरकोट भेरी नगरपालिका घर भएका वर्ष २३ का आर्यन सिहं ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनि सिमाकन्सट्रक्सन प्रालिमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



















