बुलिङटार २५ माघ । बुलिङटारमा निःशुल्क क्षयरोग परीक्षणका लागि घुम्ती स्वास्थ्य माघ २३ र २४ गते शिविर सञ्चालन सम्पन्न भएको हो ।

बुलिङटार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र, पोखरा, र प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (पूर्व) को प्राविधिक सहयोगमा समुदायमा लुकेर रहेका क्षयरोगका बिरामीहरूको पहिचान गरी क्षयरोगमुक्त समाज निर्माण गर्ने लक्ष्यसहित बुलिङटार गाउँपालिका वडा नं. १ र २ मा निःशुल्क क्षयरोग परीक्षणका लागि घुम्ती स्वास्थ्य शिविर सञ्चालन गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी मगरको अध्यक्षतामा र बुलिङटार गाउँपालिकाको स्वास्थ्य शाखाको प्रमुख अशोक कुमार श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुसाल, वडा अध्यक्षहरू कमल बकावल मगर,दिलबहादुर सुर्यवंशी मगर , लेखा अधिकृत बाबुराम तिवारी, लेखापाल रामबहादुर के.सी., तथा अन्य वडा सदस्यहरूको उपस्थितिमा वडा नं. २ र ३ का स्वास्थ्यकर्मीहरू र महिला स्वास्थ्य स्वयंसेविकाहरूले कार्यक्रमलाई सहज बनाउन विशेष भूमिका निर्वाह गरेका थिए ।
उक्त शिविरमा क्षयरोग परीक्षणका लागि छातिको -एक्सरे विधिको प्रयोग गरिएको थियो ।

सो कार्यक्रम मा ८५० जनाको स्वास्थ्य परीक्षण गर्दा डाँडाझेरीमा ७ जना र कोटथरमा ६ जना गरि १३ जना क्षयरोगका बिरामीहरू पहिचान भएको थियो । प्रदेशजनस्वास्थ्य कार्यलयबाट क्षयरोगका बिरामीहरूको लागि औषधि उपलब्ध गराउनु भएको थियो




















