बुलिङटार २५ माघ । बुलिङटारमा निःशुल्क क्षयरोग परीक्षणका लागि घुम्ती स्वास्थ्य माघ २३ र २४ गते शिविर सञ्चालन सम्पन्न भएको हो ।












उक्त शिविरमा क्षयरोग परीक्षणका लागि छातिको -एक्सरे विधिको प्रयोग गरिएको थियो ।

सो कार्यक्रम मा ८५० जनाको स्वास्थ्य परीक्षण गर्दा डाँडाझेरीमा ७ जना र कोटथरमा ६ जना गरि १३ जना क्षयरोगका बिरामीहरू पहिचान भएको थियो । प्रदेशजनस्वास्थ्य कार्यलयबाट क्षयरोगका बिरामीहरूको लागि औषधि उपलब्ध गराउनु भएको थियो








