नवलपुर २६ माघ । धौवादी फलाम खानीमा उधोग वाणिाज्य तथा आपूर्ति मन्त्री सहितको टोलिले अवलोकन गरेको छ ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी,गण्डकी प्रदेश सांसद तथा पुर्व मन्त्री माननीय रोशन गाहा मगर,प्रदेश सांसद माननीय लक्ष्मणपाण्डे,पुर्व सांसद माननीय तिलक महत, संविधान सभा सदस्य माननीय जीवन श्रेष्ठ ,जिसस प्रमुख बाबुराम बिश्वकर्मा ,जिसस उप–प्रमुख सकुन्तला लम्साल,धौवादी फलाम खानी कम्पनीका प्रतिनिधि ,हुप्सेकोट गाउँ पालिका अध्यक्ष लक्ष्मी पाण्डे , विनियी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी सहितको टोलीनवलपुरको धोवादिमा अवस्थित धौवादी फलाम खानिको अवलोकन गरेको छ ।




















