गैँडाकोट २९ माघ । गैँडाकोटमा बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
पर्सा जिल्ला धोवनी गाउँपालिका वडा नं. ३ घर भएका २८ वर्षका अर्जुन महतोको उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउसो ३ वजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
गैँडाकोट नगरपालिका वडा नं. १ मिलनचोक स्थित उज्यालो कार्यालय नजिकै आज विहान ९ वजे बा ५ ख ६२५२ नम्बरको बसले महतोले चलाएको ना ४३ प ५०३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक महतो गम्भिर घाइते भएका थिए ।



















