फागुन ०१, गैंडाकोट । प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४८ औं स्मृति दिवसमा आयोजित वृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । नेपाल मगर संघ नगर समिति गैंडाकोटको आयोजना तथा रमिता सारु मगर स्मृति प्रतिष्ठान नेपाल र लाफा आमा समूह गैंडाकोटको सहकार्यमा यही फागुन ०२ गते, शुक्रवारका दिन गैंडाकोट स्थित लखनचोकमा सञ्चालन गरिने स्वास्थ्य सल्लाहकार चेतवहादुर सारु मगरले जानकारी दिए ।
विशेषज्ञ एवम् प्राविधिक सहयोग पुष्पाञ्जली हस्तिपटल प्रा.लि.भरतपुर रहेको शिविरमा फिजिसियन डा.भोजराज अधिकारी, डा.रिकेश सापकोटा, स्त्री तथा प्रसुति रोग विशषज्ञ डा.रामप्रसाद सापकोटा, डा.रमा घिमिरे र डेन्टल तर्फ डा.विवेक घिमिरेज्यूहरुको विशेषज्ञ टोलीहरुबाट स्वास्थ्य परीक्षण हुनेछ । यसैगरी सो शिविरमा स्वास्थ्य परिक्षण गर्न आउने सम्पूर्णलाई निशुल्क स्वास्थ्य परिक्षण तथा निश्ल्क औषधी उपलब्ध गराइने संस्थाका अध्यक्ष दुर्गाबहादुर पुन मगरले जानकारी दिए ।
शिविरमा सुगर परीक्षण, मुटु सम्बन्धी जाँच, नशा सम्बन्धी जाँच,फोक्सो सम्बन्धी जाँच, पाठेघरको मुखको क्यान्सर परीक्षण साथै भिडियो एक्सरेको सेवाहरु उपलव्ध रहेका छन् ।



















