Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सारिका फाउन्डेसन नेपालको सहकार्यमा बुलिङटार गाउँपालिकामा एउटा महत्वपूर्ण सामाजिक कार्य सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • फाल्गुन २, शुक्रबार ०७:३४ बजे प्रकाशित
bulingtar press ads

बुलिङटार २ फागुन । बुलिङटार गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी मगरको विशेष पहलमा तथा सारिका फाउन्डेसन नेपालको सहकार्यमा बुलिङटार गाउँपालिकामा एउटा महत्वपूर्ण सामाजिक कार्य सम्पन्न भएको छ ।

अपाङ्गता भएका नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउन र उनीहरूको आवश्यकता सम्बोधन गर्न यस कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

कार्यक्रममा न्यानो कपडा वितरणसँगै जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको हितका लागि कपडा बैंकको सुरुवात पनि गरिएको छ ।

कार्यक्रममा Dead Body Freezer Box प्रदान गर्नुका साथै पूर्ण अपाङ्गता भएका नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी मगरले गर्नुभएको थियो । कार्यक्रममा सारिका फाउन्डेसन नेपालका अध्यक्ष विक्रम ठाकुर, संस्थाका अन्य प्रतिनिधिहरू, गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्षहरू, अन्य जनप्रतिनिधिहरू, पालिका कर्मचारीहरू, अपाङ्गता भएका नागरिक र तिनका प्रतिनिधिहरू, साथै स्थानीय व्यक्तित्वहरूको समेत उत्साहजनक उपस्थिति रहेको थियो ।

गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले कपडा बैंक स्थापना गर्ने यस योजनाले स्थानीय अपाङ्गता भएका व्यक्तिहरू र जेष्ठ नागरिकहरूलाई थप सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यसलाई पालिकाको दीर्घकालीन सामाजिक उत्तरदायित्वको एक उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो ।

सारिका फाउन्डेसन नेपालका अध्यक्ष विक्रम ठाकुरले सहयोगको निरन्तरताको प्रतिबद्धता जनाउँदै यस प्रकारका सामाजिक कार्यहरूमा फाउन्डेसनले सधैं साथ दिने बताउनुभयो । कार्यक्रममा सहभागीहरूले यस्ता सामाजिक गतिविधिहरूले समुदायमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गर्नुभएको हो ।

यो कार्यक्रमले बुलिङटार गाउँपालिकामा सामाजिक सद्भाव र परोपकारको भावना प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
5f97157d81242b43f0a1a479988ad917

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा...

  • बुलिङटार प्रेस
  • फाल्गुन १२, मंगलवार ०९:०३ बजे प्रकाशित
IMG_1619

निर्वाचनलाई लक्षित गर्दै भागीरथ सापकोटाले मतदाता भेटघाट...

  • बुलिङटार प्रेस
  • फाल्गुन १२, मंगलवार ०७:३६ बजे प्रकाशित
IMG_1584

धादिङमा भएको बस दुर्घटनामा परेर १७ जनाको...

  • बुलिङटार प्रेस
  • फाल्गुन ११, सोमबार ०५:५८ बजे प्रकाशित
IMG_2909

गैँडाकोटमा २७औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषामा...

  • बुलिङटार प्रेस
  • फाल्गुन ९, शनिबार ०९:४७ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved