Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४८ औं स्मृति दिवसमा आयोजित वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८१ फाल्गुन ३ | बिहान ०९:११ बजे

गैंडाकोट ३ माघ प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४८ औं स्मृति दिवसमा आयोजित वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

arkhala ads

नेपाल मगर संघ नगर समिति गैंडाकोटको आयोजना तथा रमिता सारु मगर स्मृति प्रतिष्ठान नेपाल र लाफा आमा समूह गैंडाकोटको सहकार्यमा भएको निशुल्कस्वास्थ्य शिविरमा ९९८ जनाले स्वास्थ्य सेवा लिएका छन ।

गैंडाकोट स्थित लखनचोकमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा फिजिसियन तर्फ १३७ जना, स्त्री तथा प्रसुति प्रजनन तर्फ १०६ जना, दाँत,मुख ,गिजासम्बन्धी ५७ जना ,नसा जाँच सम्बन्धी ६७ जना, भिडियो एक्सरे तर्फ १०९ जना , फोक्सो जाँच ९७ जना ,इसीजी ७५ जना र सुगर टेस्ट ३५० जना महिला पुरुषगरी जम्मा ९९८ जनाले स्वास्थ्य सेवा लिएको पुष्पाञ्जिली हस्पिटलका सामाजिक सेवा इकाइ प्रमुख केदार प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

सुगर परीक्षण, मुटु सम्बन्धी जाँच, नशा सम्बन्धी जाँच,फोक्सो सम्बन्धी जाँच, पाठेघरको मुखको क्यान्सर परीक्षणका साथै भिडियो एक्सरेको सेवाहरु उपलव्धरहेको शिविरमा फिजिसियन डा.भोजराज अधिकारी, डा.रिकेश सापकोटा, स्त्री तथा प्रसुति रोग विशषज्ञ डा.रामप्रसाद सापकोटा, डा.रमा घिमिरे र डेन्टलतर्फडा.विवेक घिमिरेको विशेषज्ञ टोलीहरुबाट स्वास्थ्य परिक्षण गरिएको संस्थाका अध्यक्ष दुर्गाबहादुर पुन मगरले जानकारी दिनुभयो ।

स्वास्थ्य परिक्षण गर्न आउने सेवाग्राहीलाई निशुल्क औषधी समेत उपल्ब्ध गराइएको स्वास्थ्य शिविरमा विशेषज्ञ एवम् प्राविधिक सहयोग पुष्पाञ्जली हस्पिटलप्रा.लि.भरतपुर रहेको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved