भारत–पाकिस्तान खेल हेर्न प्रतिटिकट पाँच लाख भारु

दुबई । एसिया कप क्रिकेट २८ अगस्टबाट दुबैइमा सुरु हुँदै छ । विश्व क्रिकेटमा दबदबा जमाएका अधिकांश मुलुक एसियामै छन् । एसिया कप क्रिकेटले एक किसिमको माहोल निकै तताउने गर्छ । अझ, राजनीतिकदेखि सीमासम्म हुने लडाइँले भारत र पाकिस्तानबीचको खेल सधैँ चर्चामा रहन्छ । त्यसैले पनि भारत–पाकिस्तानबीचको खेलमैदानमा गएर हेर्न दर्शकलाई निकै घुइँचो लाग्ने गर्छ […]
प्रदेश सांसदलाई एक करोड दिने प्रक्रिया रोक्न निर्वाचन आयोगको निर्देशन

मोरङ । निर्वाचन आयोगले प्रदेश सांसदलाई एक करोड दिने प्रक्रिया रोक्न निर्देशन दिएको छ। आयोगले शुक्रबार विज्ञप्तिमार्फत निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन नगर्न नगराउन प्रदेश १ सरकार र गण्डकी प्रदेश सरकारलाई निर्देशन दिएको हो। आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधि निर्वाचनको मिति घोषणा भइसकेपछि प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नामबाट छोटो अवधिमा […]
लमजुङ अर्खलेबेंसीका १८ परिवार पहिरो पीडितलाई नयाँघर निर्माण

लमजुङ, भदौ ४ गते । लमजुङको मस्र्याङदी गाउँपालिका – ३ अर्खलेगाउँका पहिरो पीडितका लागि आवास निर्माण कार्य अन्तिम चरण पुगेको छ । गाउँमुनिबाट पहिरोले च्याप्दै आएपछि स्थानान्तरणका लागि घर निर्माण भइरहेको छ । अर्खलेबेंसी र अर्खलेबेंसी पारी मस्र्याङदी गाउँपालिका – ६ को लाम्पाटाबगरमा घर निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँका १८ घरलाई स्थानान्तरणका लागि […]
बाँके केन्द्रविन्दु भएर मध्येरातमा ४.८ म्याग्नेच्यूडको भूकम्प

बाँके । पश्चिम नेपालमा गएराती भूकम्पको धक्का महसुस गरिएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १:२८ बजे ४.८ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिम नेपालसहित भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए । यसअघि पूर्वी नेपालको पहाडी जिल्ला खोटाङमा […]
गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीन मुखे झोलुङ्गे पुल निर्माण सम्पन्नसँगै, आन्तरिक पर्यटकको चहलपहल

इन्द्रजित नेपाली गुल्मी । गुल्मी पाल्पा र स्याङ्जा जिल्लालाई जोड्ने गरी कालीगण्डकी नदीमाथि तीनमुखे झोलुङ्गे पुल निर्माणको काम सकिए संगै आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेका छन । तीन जिल्ला जोड्ने गरी निर्माण गरिएको झोलुङ्गे पुलले स्थानीयलाई आवातजावतमा सहजता मिलेको छ । बि.स. २०७१ साल मंसिर १५ गते तत्कालीन नेपालका मुख्य सचिब लिलामणी पौडेल र संविधान […]
लहानमा मेयर चौधरीद्वारा राधाकृष्ण मन्दिरको उद्घाटन

महेश सिंह सिरहा । लहान नगरपालिका वडा नम्बर ६ स्थित करिब ७९ लाखको लागतमा निर्माण भएको राधाकृष्ण मन्दिरको प्राण प्रतिस्ठान शुभराम्भ भएको छ। २०६५ सालमा शिलान्यास भएको मन्दिर पुर्ण रूपमा निर्माण भए पश्चात् कृष्णा जन्म अष्ट्मिको अवसर परेर लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले हिन्दु परम्परा अनुसार उद्घाटन गरेका छन्। मन्दिर संरक्षण समितिका अध्यक्ष छायाँ […]
चुनावी तयारीबारे जसपाको राजनीतिक समितिको बैठक

काठमाडौ । मंसिर ४ गते घोषित प्रदेश तथा संघीय निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषयको तयारीस्वरूप जनता समाजवादी पार्टी (जसपा) नेपाल छलफलमा जुटेको छ। जसपाको राजधानीमा तीन दिनदेखि जारी राजनीतिक समितिको बैठकमा आगामी निर्वाचनको तयारी, उम्मेदवार चयनको प्रक्रिया, मापदण्ड तथा पार्टीको विभिन्न संगठन संरचना विस्तारलगायत विषयमा छलफल भइरहेको जसपाका राजनीतिक समिति […]
थापाथली अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ सुरू, राट्रपतिद्वारा उद्घाटन

काठमाडौं । शिशुलाई आमाको दूधमात्रै खुवाउने प्रोत्साहित गर्न काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ स्थापना गरिएको छ । अस्पतालको ६३औँ वार्षिकोत्सवको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले बैंकको उद्घाटन गरेकी छन् । दूधको कमी हुने बच्चालाई प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर संकलन गरी मेसिनमा राखिने र चिकित्सकको सल्लाहअनुसार खुवाइने […]
सुन व्यापारीलाई ‘हनी ट्रयाप’मा पार्ने दाङबाट ५ जना पक्राउ

दाङ । दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरका सुनचाँदी पसल संचालकलाई ४ महिला र ३ जना पुरुष मिलेर योजनाबद्ध ‘हनी ट्रयाप’मा पारेका छन् । हनी ट्रयापमा पारेको आरोपमा प्रहरीले ४ महिला र एकजना पुरुष सहित ५ जनालाई पक्राउ गरेको छ । योजनामा संलग्न अरु २ जना फरार छन् । आरोपीहरुले ट्रयापमा पारेपछि ब्यापारीलाई घोराही उपमहागरपालिका–१३ स्थित बडहरामा […]
प्रधानमन्त्री देउवाद्वारा श्रीकृष्ण जन्माष्टमीको शुभकामना
काठमाडौं, भदौं ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । उनले आज एक सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभिवृद्धि गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गरेका […]
