नवलपुरमा डोजर दुर्घटना हुदा एक युवकको मृत्यु

कावासोती । नवलपुरकाे बाैदीकाली गाउँपालिकामा डाेजर दुर्घटनामा हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुलिङ्टार – ५ लापाकका २२ बर्षीय लक्ष्मण सार्की रहेको छ । उनी साेहि डाेजरमा सवार थिए । नवलपुर सदरमुकाम कावासाेती बजारबाट पुर्व पहाडी क्षेत्रमा पर्ने गाउँपालिकाले सञ्चालन गरेको बा १ ग ३०८० नम्बरको डोजर स्थानीय बाटो मर्मतको क्रममा दुर्घटनामा […]

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, निधिको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिँने

काठमाडौं, भाद्र ६ । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु हुनेछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । यसअघि, हिजोका लागि तय गरिएको बैठक स्थगित गरेर आजको लागि […]

कांग्रेस नेता अमरेश आफू निकट स्थानीय नेताहरुसँग छलफलमा, स्वतन्त्र उम्मेदवारी दिने सम्भावना

सर्लाही । नेपाली कांग्रेसका नेता तथा सर्लाही क्षेत्र न. ४ का सांसद डा.अमरेश कुमार सिंहले पार्टीबाट टिकट नपाए स्वतन्त्र उम्मेदवारी दिने सम्भावना रहेको छ । स्थानीय निर्वाचनमा पार्टीविरुद्ध अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेस जिल्ला र प्रदेश कार्य समतिले डा. अमरेशलाई कार्वाहि गर्न सिफारिश समेत पठाएको छ । यस्तो स्थितिमा उनले टिकट नपाउने झल्किन्छ । गठबन्धनबिच […]

कांग्रेस बुलिङ्टारको कार्यसमिति बैठकले रिक्त पद्पुर्ति तथा ११ भातृसंगठनका संयोजक चयन

कावासोती । नेपाली कांग्रेस बुलिङ्टार गाउँपालिका कार्यसमितिको शनिबार बसेको बैठकले रिक्त रहेको विभिन्न पदको पदपुर्ति गरिएको छ भने, ११ वटा भातृसंगठनको संयोजक पनि चयन गरिएको छ । कार्यसमितिले लामो समय नेपाली कांग्रेस बुलिङ्टार गाउँ कार्यसमितिको कोषाध्यक्ष पद रिक्त रहेको हुँदा कांग्रेसको विधान र २०७६ को नियमावली अनुसार कोषाध्यक्ष पदमा पार्वती काफ्लेलाई मनोनयन गरिएको छ । […]

प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौ । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८’ पेस हुने कार्यसूची रहेको छ । त्यसैगरी ‘बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत […]

नेपालले एक सच्चा र असल नेता गुमायो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको निधनको खबरले आफू निकै स्तब्ध भएको बताएका छन् । नेपालले एक सच्चा र असल नेता गुमाएको उनले उल्लेख गरेका छन् । शनिबार राति ट्विटमार्फत उनले गिरिको आत्माको चिर शान्तिको कामना गरेका छन् । साथै, परिवारजनमा समवेदना व्यक्त गरेका छन् । “नेपाली कांग्रेसका […]

मकवानपुरमा राहदानी लिनेको संख्या अत्यधिक वृद्धि

हेटौंडा । मकवानपुरमा राहदानी लिनेको संख्या बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष अर्थात् गत आर्थिक वर्षमा राहदानी लिनेको संख्या अत्यधिक भएको जानकारी दिइएको छ। कार्यालयबाट प्राप्त जानकारीअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा छ हजार पाँच सय ३२ जनाले राहदानी लिएका थिए भने अघिल्लो वर्ष २०७७/७८ मा तीन हजार पाँच […]

चितवनमा चिकित्सकमाथि भएको आक्रमणको विरोध प्रदर्शन

चितवन, भदौं ५ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका एक चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चितवनमा प्रदर्शन भएको छ । यहाँका चिकित्सकहरुले शनिवार भरतपुरमा विरोध प्रदर्शन गरेका हुन् । चिकित्सकहरुले आफ्नै घाउ सम्हानू कि बिरामीको ?, चिकित्सकमाथिको आक्रमण बन्द गर, चिकित्सकमाथिको हिंसा बन्द गर, वेल विदआउट जेल लगायतका नारा अंकित ब्यानर र प्लेकार्ड बोकेर […]

गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि २ बजेसम्म काँग्रेस पार्टी कार्यालयमा राखिने

काठमाडौ । दिवंगत काँग्रेस नेता प्रदीप गिरिको पार्थिव शरीर आइतबार बिहान ११ः ३० देखि २ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । शनिबार काँग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले शोक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएका हुन् । त्यसअघि बिहान ९ बजेदेखि ११ बजेसम्म गिरिको पार्थिव नेपाल मेडिसिटी अस्पताल ललितपुरको […]

कांग्रेस नेता प्रदीप गिरिको निधन

काठमाडौं, भदौ ४ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । नेता गिरिको ७५ वर्षको उमेरमा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । प्रतिनिधि सभा सदस्यसमेत रहेका नेता गिरिको शनिबार राति ९ः३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनी लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको […]