अभिनेता पल शाहको मुद्धामा पेसी तोकियो

कावासोती । बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी तोकिएको छ । नवलपुर जिल्ला अदालतले ८ भदौका लागि तथा तनहुँ जिल्ला अदालतले भदौ दोश्रो साताका लागि पेशी तोकेको हो । बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पलको मुद्धाको पेसी तोकिएको शाहको पक्षबाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी […]

प्रचण्ड गृह जिल्ला चितवन आउदै

चितवन, भदौ ८ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आउँदै छन् । चितवनको माडीमा निर्माण सम्पन्न भएको पुलको उद्घाटन लगायत विभिन्न कार्यक्रममा सहभागी हुन प्रचण्ड आज गृह जिल्ला चितवन आउन लागेका हुन् । प्रचण्ड पहिलो फ्लाइटमा नै भरतपुर विमानस्थलमा आइपुग्ने माओवादी केन्द्रका नेताहरुले बताएका छन् । बिहान ८ बजे नै […]

निर्वाचनमा जोडघटाउमा दलहरू : एमालेलाई चुनाव चुनौतीपूर्ण

काठमाडौ । मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एमालेका लागि चुनौतीपूर्ण भए पनि बहुमत पार्टीकै पक्षमा आउने ब्रिफिङ प्रदेश इन्चार्जहरूले गरेका छन्। यी कमिटीको मंगलबार बसेको बैठकमा प्रदेश इन्चार्जहरूले सत्ता गठबन्धन दल निर्वाचनमा तालमेल गरेर जाने भएकाले चुनौती थपिए पनि बहुमत भने एमालेकै आउने ब्रिफ्रिङ गरेका हुन्। स्थानीय तह निर्वाचन परिणाम र […]

सोमबार बसेका मन्त्रिपरिषद् बैठकका १६ निर्णय यस्ता छन

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलमा ट्रान्जिट हुनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने निर्णय खारेज गर्ने लगायतका विभिन्न १६ वटा निर्णय गरेको छ। बैठकले पूर्व मुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने, आव २०७९/८० का लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत २०४ जना राजपत्रांकित पदहरूको अस्थायी […]

बन्दको आंशिक प्रभाव : जनजीवन प्रभावित

दमौली । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण तनहुँको जनजीवन प्रभावित भएको छ । बन्दका कारण तनहुँमा सार्वजनिक सवारीसाधन न्यूनमात्रामा चलेका छन् । सार्वजनिक सवारीसाधनलाई प्रहरीले स्कटिङ गर्दै आफ्नो गन्तब्यमा पठाईएको छ । निजी सवारी साधन भने सडकमा प्रशस्तै देखिन्छन् । बन्दका कारण दमौलीका विद्यालय, क्याम्पस, पसल बन्द छन् । जिल्लामा […]

रामग्राम – ४ मा रहेकाे खानेपानी अलपत्र, खानेपानी भवनमा यातायात कार्यालय सञ्चालन

परासी । पश्चिम नवलपरासीको रामग्राम – ४ मा रहेकाे खानेपानी टंकी निर्माण भएको १० वर्षमा पनि पानी बितरण नहुदा स्थानीयले अशुद्ध पानी पिउन बाध्य भएका छन् । रामग्राम नगरपालिका- ४, ७ र ९ भित्र पर्ने बैरिहवा, सुर्यपुरा, केरवानी, चितपुर, बुद्धटाेल, चन्द्रागढी साथै वडा नं ७ मा पर्ने उजैनी र रामग्राम – ९ सन्तपुरमा खानेपानी पुर्‍याउने […]

चितवनमा बन्दको प्रभाव : छ वटा गाडी तोडफोड, पाँच जना पक्राउ

चितवन, भदौ ७ । विप्लव नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले भरतपुरका विभिन्न स्थानमा छ वटा गाडीमा तोडफोड गरिएको छ । बन्दकर्ताले प्रदेश ३–००१ क ०३१२ नम्बरको कार, ना ८ ख ४२५९ नम्बरको बस, ना ५ ख २२६३ नम्बरको ट्रक, ना ५ ख १४३१ नम्बरको बस, ना ४ ख […]

शङ्कास्पद प्रवेशपत्रसहित सशस्त्र प्रहरी पक्राउ

कर्णाली, भदौ ७ गते । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको प्रवेशपत्र शङ्कास्पद भेटिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल मेहेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत दैलेखको गुराँस गाउँपालिका–४ का भक्तबहादुर शाही रहेको सुर्खेत प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार गत साउन ११ गते दिएको मोटरसाइकलको सवारी चालक […]

भरतपुरको औद्योगिक–२ फिडर आठ घण्टा अवरुद्ध हुने

चितवन, भदौ ७ । नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले मंगलबार औद्योगिक–२ फिडर आठ घण्टा अवरुद्ध हुने बताएको छ । प्राधिकरणले आठ र नौ मिटरका पोल भएका स्थानमा ११ मिटरका पोल राख्ने र कभर्ड कण्डक्टर राख्ने कार्यका लागि औद्योगिक–२ फिडर आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गर्न लागिएको जनाएको छ । यो फिडर […]

बन्दको प्रभाव काठमाडौंमा सामान्य

काठमाडौं, भदौ ७ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौंमा सामान्य रहेको छ । सरकारसँग यसअघि भएको सहमतिअनुसार, आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता गर्न माग गर्दै नेकपाले आज नेपाल बन्दको आह्वान गरेको छ। नेकपाको बन्दलाई अन्य तीन दलले समर्थन गरेका छन्। ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट […]