- धन बहादुर सिंजाली
- रौतहट १४ भदौ ।
आज बिहान चट्याङ लागेर रौतहट जिल्ला एउटै गाउँका तीन महिलाको ज्यान गएको छ ।



जिल्लाको मध्यभाग गरुडा नगरपालिका–३ मलाहिटोल गाउँ छेउमा खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीनजनाको मृत्यु भएको हो । चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ वर्षीय सुदनिया देवी, ७० वर्षीय जगिया कुमारी र १८ वर्षीय मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रुपेश कुमार सिंहले बताएका छन् । मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डिएसपी सिंहले जानकारी दिएका छन् ।










