


मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका ९ का ६० वर्षीय गगन ओखेडा रहेका छन् । केदारस्युँ गाउँपालिका १ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी जानकारी दिनुभयो । बुङ्गल नगरपालिका ६ घर भएका जिप चालक दीपेन्द्र धामी घटनापछि फरार रहेको प्रहरीले जनाएको छ ।










