चितवन १६ भदौ । बर्षाको कारण नारायणगढ-मुग्लिन सडक खण्ड भरतपुर महानगरपालिका २९ केराबारीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।



बिहान ५:५० बजेको समयमा केराबारीस्थित मौरी पुलमा लेदोसहितको पहिरो खसेको हो । सडक डिभिजनसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।










