सड्क विस्तार तथा नाली निर्माणका लागि अबैध संरचना हटाईदै :- नगर प्रमुख शाह

कपिलवस्तु, भाद्र ११ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको मुटु भनेर चिनिने कृष्णनगर बजार भित्र सड्क विस्तार तथा नाली निर्माण कार्यले तिब्रता लिएको । कृष्णनगर बजार भित्र लामोसमय देखि सड्क कालोपत्रे र नालि निर्माण न हुनाले बर्सेनि कृष्णनगरका जनता बर्षात लगायत आवत जावत तथा विभिन्न ठांउबाट बजार गर्न आउने हरूले समस्या भोग्दै आएका थिए । सोही कुरा […]
प्रधानमन्त्री शेरबहादुर देउवा आज रुपन्देहीको बुटवल जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज रुपन्देहीको बुटवल जाने भएका छन् । बुटवल उपमहानगरपालिका वार्ड नं. १० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्न गर्न रुपन्देही जाने भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय सभासम्मेलनलाई मध्यनजर गरेर बुटवलमा यो सम्मेलन केन्द्र दुई चरणमा […]
नवलपरासीमा शान्ति सुरक्षा, सिमामा सशस्त्र प्रहरीको प्रभावकारी भुमिका

जगत ठाडा मगर बुटवल । नेपालमा सशस्त्र प्रहरीको स्थापना भएको दुई दशक भएको छ । सो पश्चात सशस्त्र प्रहरी बलले करिब १३ बर्षदेखि नेपाल र भारत सिमा क्षेत्रमा हुने अबैध गतिबिधि रोक्न अब्बल सावित भएको छ । सशस्त्र प्रहरीले सिमित स्रोत साधनको बावजूद सिमा क्षेत्रबाट हुने अबैध गतिबिधि रोक्न अग्रसर छन । पश्चिम नवलपतासीको सशस्त्र […]
आज सुन मुल्य पाँच सय र चाँदीको मूल्य प्रतितोला रु १० ले बढेको छ ।

काठमाडाैँ ९ भदौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९५ हजार र चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु एक हजार एक सय ७५ तोकिएकोे आठ सय तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९५ हजार तीन सयमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]
अभिनेता पल शाहको मुद्दाको पेशी स्थगित

कावासोती । बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल साहको मुद्दाको पेशी स्थगित भएको छ । नवलपुर जिल्ला अदालतमा बुधबार फैसलाका लागि तोकिएको उनको मुद्दाको पेशी स्थगित भएको हो । न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा पेशी तोकिएपनि स्थगितको निवेदन परेको थियो । न्यायाधिश लुँइटेलको इजलासमा बुधबारका लागि तोकिएको पेशी सूचीको चौथो नम्बरमा शाहको मुद्दा थियो […]
गौतमबुद्ध विमानस्थलमा भदौ १६ देखि जजिराले दैनिक उडान भर्ने

जगत ठाडा मगर रुपन्देही । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अब दैनिक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । अहिले साताको तीन उडान गरिरहेको जजिरा एयरवेजले १ सेप्टेम्बर (१६ भदौ) देखि दैनिक एक उडान गरी सातामा उडान संख्या सात पुर्याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । ‘गौतमबुद्धमा यात्रुको उपलब्धताबाट उहाँहरु उत्साहित हुनुहुन्छ,’ […]
महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका – २ हङकङ डाँडामा मंगलबार राति मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २२ वर्षीय अञ्जन बलमपाकी रहेका छन् । उनको उपचारका क्रममा बुधबार बिहान सवा ८ बजे किष्ट अस्पताल ललितपुरमा मृत्यु भएको हो। गएराति सवा १२ बजे औरहीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५७०६ […]
नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरियो : अध्यक्ष दाहाल

चितवन, भदौ ८ गते । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरिएको बताउनुभएको छ । चितवनमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै उहाँले नागरिकता विधेयकलाई गलत ढङ्गले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताउनुभयो । नागरिकता विधेयक अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि राष्ट्रपति कहाँ जाने उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “अहिलेको […]
कुवेत जान लागेका ३९ महिला नियन्त्रणमा

काठमाडौ । भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रण लिइएको छ । शंकास्पद कागजपत्र बोकेर जान लागेको भेटिएपछि त्रिभुवन अन्तर्राष्टिय सुरक्षा कार्यालयले पक्राउ गरी माइती नेपाललाई जिम्मा लगाएको छ । उनीहरू बुधबार बिहान ३ बजे जजीरा एयरको उडानमार्फत कुबेत जान लागेका थिए । भिजिट भिसाका लागि आवश्यक कागजात नभएकाले मानव […]
बालुवाटारमा प्रधानमन्त्री देउवासंग ओलीको भेटबार्ता

काठमाडौं, भदौ ८ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ। एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न बुधबार बिहान ९ः३० बजे बालुवाटार पुगेका थिए । उनीहरुबीच भेटवार्ता जारी छ । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। साथै नागरिकता विधेयक र संक्रमणकालीन न्यायका […]
