आज सांझा सम्म कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने

धन बहदुर सिंजाली काठमाडौं १४ भदौ । कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो । नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न […]
आज बिहान चट्याङ लागेर एउटै गाउँका तीन महिलाको ज्यान गए

धन बहादुर सिंजाली रौतहट १४ भदौ । आज बिहान चट्याङ लागेर रौतहट जिल्ला एउटै गाउँका तीन महिलाको ज्यान गएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका–३ मलाहिटोल गाउँ छेउमा खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीनजनाको मृत्यु भएको हो । चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ वर्षीय सुदनिया देवी, ७० वर्षीय जगिया कुमारी […]
आज पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भए संगै को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११ जनाको परीक्षणमा २२६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र २ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ […]
भष्ट्रचार अन्त्य र सुशासन ल्याउने एजेन्डा जनमत पार्टीको रहेको डा.सिके राउतकाे भनाइ

सुरेश यादव भदौ १३ । जनमत पार्टी पश्चिम नवलपरासीले जिल्ला भेला ताथा प्रशिक्षण कार्यक्रम आइतवार सम्पन्न गरेकाे छ । सरावल गाउँपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज शारर्दा चौधरीको अध्यक्षता तथा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सिके राउतका प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यक्रममा बोल्दै जनमत पार्टीको केन्द्रीय अध्यक्ष डा. सिके राउतले नेपालमा भष्ट्रचार […]
पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं २ र वडा नं १२ जाेड्ने झरहि खाेलाकाे छेउमा बाधिइएकाे बाध जिर्ण

नवलपरासी भदाै १३ । पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं २ र वडा नं १२ जाेड्ने झरहि खाेलाकाे छेउमा बाधिइएकाे बाध जिर्ण अवस्थामा पुगेकाे छ । उक्त झरहि खाेलामा रहेकाे पुलले सदरमुकाम परासी र रामग्राम नगरपालिकालाई जाेड्ने पुल नजिकै बाध भत्केकाे देखिन्छ । रामग्राम नगरपालिकाले झरहि खाेलाकाे बाध बाध्नकाे लागि कति पटक बजेट छुट्टाई बाध्ने काम […]
नारायणी पुलबाट नामथर नखुलेका पुरुषजस्तो देखिने व्यक्ति बेपत्ता

धन बहादुर सिंजाली चितवन १२ भदौ आइतबार बेलुकी करिब ५ः३५ बजेको समयमा नारायणी पुलबाट नामथर नखुलेका पुरुषजस्तो देखिने व्यक्ति बेपत्ता भएका छन् । चितवन वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नारायणी पुलमा बागमती प्रदेश ०३–०३प ५९२६ नम्बरको स्कुटर रोकेर हामफालेका मानिसको खोजी कार्य जारी राखेको प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । हमफाल्ने व्यक्तिले […]
नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव आज स्वीकृत

काठमाडौं १२ भदौ। नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव आज स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता पहिलो संशोधनन विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रास्ताव प्रस्तुत गरेका थिए […]
नेपाल क्रिकेट इन्स्टिच्युटको आयोजनामा आज शनिवारबाट सुरु

काठमाडौं । नेपाल क्रिकेट इन्स्टिच्युटको आयोजनामा आज (शनिवार) बाट सुरु भएको शिक्षान्तर स्कुल दोस्रो इपीएस ड्रिजल कप क्रिकेट प्रतियोगिताका ६ खेलहरु सम्पन्न भएका छन । मिनभवन स्थित इपीएस स्कुलको प्राङगणमा शनिवार भएको उदघाटन खेलमा अक्षरा ए ले इपीएसलाई ७ विकेटले पराजित गर्यो । त्यस्तै दोस्रो खेलमा अक्षरा बी ले शिक्षान्तरलाई ५ विकेटले पराजित गर्यो । […]
माँ काली महिला साना किसान कृषि सहकारीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

सिरहा १२ भदौ – माँ काली महिला साना किसान कृषि सहकारीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। सिरहाको ब्र. झ. ज.उच्च मा.वी. माडरको प्राङ्गणमा एक बृहत कार्यक्रमको आयोजना गरी तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ् । संस्थाको अध्यक्ष सीता देवी यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सिरहा नगरपालिकाका मेयर डा.नबिन कुमार यादव कार्यक्रमको प्रमुख अतिथि रहनु […]
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी बागलुङ सडक अवरुद्ध

म्याग्दी १२ भदौ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी बागलुङ सडक अवरुद्ध बनेको छ । बेनी नगरपालिका २ हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएको हो । थप पहिरो खस्ने जोखिम भएकाले खसेको पहिरो पन्छाउन नसक्दा आवतजावत बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बागलुङ बेनी सडक बन्द भएपछि […]
