डडेलधुराबाट प्रधानमन्त्री एवम शेरबहादुर देउवा सर्वसम्मत चयन

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुराबाट सर्वसम्मत भएका छन्। एकमात्र क्षेत्र रहेको डडेलधुराबाट उनी सर्वसम्मत भएको कांग्रेस नेताहरुले जानकारी दिएका छन् । डडेलधुराको प्रदेश क र ख क्षेत्रीय समितिलाई देउवालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो। ‘नेपाली कांग्रेस डडेलधुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले देउवालाई सर्वसम्मत रुपमा […]

यू–१७ साफ टोलीको विदाइ, शुक्रबार श्रीलंका प्रस्थान गर्ने

काठमाडौं, भदौ १६ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रीलंकामा आयोजना हुने साफ यू–१७ पुरुष च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरेको छ । टोलीलाई बिहिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, एन्फाका अध्यक्ष पंकज नेम्वाङलगायतले विदाइ गर्नुभयो । नेपाली युवा टोली शुक्रबार श्रीलंका प्रस्थान गर्नेछ । टोलीका मुख्य प्रशिक्षक […]

दलित मुक्तिको मार्ग

कालिकोट । नेपालमा जातीयताका आधारमा गरिने विभेदलाई कानुनी रूपमा निषेध गरिएको छ। यस्तो विभेदलाई संविधानले नै दण्डनीय भनेको छ। तैपनि व्यवहारमा विभेद यथावत् छ। जाति तथा उत्पत्ति, पेसा, वर्ण, लिङ्ग र क्षेत्रका आधारमा गरिने भेदभावपूर्ण घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन्। जातीयताका आधारमा सार्वजनिक स्थान, मठमन्दिर, पूजाआजा, भोजभतेर, पार्टी पौवा, सेवा प्रवाहमा प्रवेश गर्न निषेध गरिएको […]

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वत । पर्बत जिल्लाको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिराले आज बिहानदेखि लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए। वर्षा नरोकिएकाले माथिबाट ढुङ्गा झरेको हुँदा सडक खुलाउन मुस्किल भएको उनको भनाइ छ। पहिरो […]

बर्षाको कारण नारायणगढ-मुग्लिन सडक खण्ड भरतपुर महानगरपालिका २९ केराबारीमा पहिरो खसेर सडक अवरुद्ध

चितवन १६ भदौ । बर्षाको कारण नारायणगढ-मुग्लिन सडक खण्ड भरतपुर महानगरपालिका २९ केराबारीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । बिहान ५:५० बजेको समयमा केराबारीस्थित मौरी पुलमा लेदोसहितको पहिरो खसेको हो । सडक डिभिजनसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बझाङ जिल्लामा जिपको ठक्करबाट हिजो बुधबार एक पैदल यात्रीको मृत्यु

बझाङ १६ । बझाङमा जिपको ठक्करबाट हिजो बुधबार एक पैदल यात्रीको मृत्यु गएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका ९ का ६० वर्षीय गगन ओखेडा रहेका छन् । केदारस्युँ गाउँपालिका १ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

गएरातिदेखि परेको अविरल बर्षाका कारण नारायणगढ मुग्लिङ सडकखण्ड अबरुद्ध

चितवन १५ भदौ । गएरातिदेखि परेको अविरल बर्षाका कारण नारायणगढ मुग्लिङ सडकखण्ड अबरुद्ध भएको छ । सडकखण्डको केराबारीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

आज प्रकाशित हुने कक्षा १२ को नतिजा केहि दिन पछी  प्रकाशनको तयारी

धन बहादुर सिंजाली  काठमाडौं १४ भदौ । आज प्रकाशित हुने कक्षा १२ को नतिजा केहि दिन पछी  प्रकाशनको तयारी गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सैद्धान्तिक र प्रयोगात्मकतर्फको अलगअलग स्तरीकृत अङ्क (ग्रेड) उल्लेख गर्नुपर्ने हुँदा सोको रुजुलगायत प्राविधिक कार्य भइरहेकाले केही दिनभित्र परीक्षाफल प्रकाशन हुने जानकारी दिए । गत जेठ १६ गतेदेखि २५ […]

चितवनमा पछिल्लो २४ घण्टामा थप ८ जनामा  कोरोना संक्रमित थपिए

धन बहादुर सिंजाली  चितवन १४ भदौ  । चितवनमा पछिल्लो २४ घण्टामा थप ८ जनामा  कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुरमा पाँच र रत्ननगर, कालिका र खैरहनीमा एक/एक संक्रमित थपिएका हुन् । मंगलबार जिल्लामा कोरोनाका ३७ जना सक्रिय संक्रमित छन् । तीमध्ये ३४ संक्रमित होम आइसोलेसनमा छन् भने तीन संक्रमित अस्पताल आइसोलेसनमा […]

आज पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २५७ जनामा कोरोना संक्रमण पुष्टि साथै २ सय ३२ जना संक्रमितहरु निको

धन बहादुर सिंजाली  काठमाडौं १४ भदौ  । आज पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९२१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको […]