Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

काँग्रेस नेता विनोद चौधरीको नाम तीन ठाउँबाट सिफारिस

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ भदौ २१ | मध्यान्ह ०२:०५ बजे

नवलपुर, भदौ २१ । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारमा तीन ठाउँबाट सिफारिस भएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीको नाम नवलपरासीको क्षेत्र नं. १ का साथै नवलपुर निर्वाचन क्षेत्र नं. १ र २ बाट प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएको हो ।

नवलपरासी १ मा कांग्रेस नेता चौधरीसहित पाँच जनाको नाम सिफारिस भएको छ । त्यस्तै नवलपुर क्षेत्र नं. १ भने कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाको निर्वाचन क्षेत्र हो । उनी तीन पटक यहि निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन् । यसपटक पनि पूर्वमहामन्त्री कोइरालाले निर्वाचन लड्ने आकांक्षा राखेका छन् ।

arkhala ads

नवलपुर क्षेत्र नं. २ मा कांग्रेस नेता एवं उद्योगी चौधरीलाई उम्मेदवार बनाउनुपर्ने स्थानीयको माग छ । उनले उक्त क्षेत्रमा पछिल्लो समय व्यापक सक्रियता बढाएका छन् । चौधरीले पार्टीको निर्णय अनुसार आफू जहाँबाट पनि चुनावमा उठ्न तयार रहेको बताउँदै आएका छन् । कांग्रेसले अघिल्लो पटक समानुपातिक सूचीमा रहेका नेताहरुलाई यसपटक नदोहोर्‍याउने नीति लिएको छ ।

उनी ०७४ सालमा समानुपातिकतर्फ सांसद बनेका हुन् । चौधरीले टिकट पाउने पक्कापक्की भए पनि निर्वाचन क्षेत्र भने यकिन भएको छैन ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20261101-WA0004

मौलाकालिका मन्दिर जाने बाटो तथा केबलकार परिसरमा...

  • २०८३ कार्तिक १५ | मध्यान्ह १२:०७ बजे
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved