बुलिङ्टार । राष्ट्रिय स्वतन्त्र पार्टी बुलिङ्टार – ३ को वडा भेलाले तारा परियारलाई सभापतिमा सर्वसम्मतमा चयन गरिएको छ ।



बुलिङटार – ३ को भेलाले उप-सभापतिमा चिरिन्जिबी पुरी, सचिबमा मोहन रानाभाट,कोषाध्यक्षमा सुकमाया राईसहित ११ सदस्यीय वडा नम्बर – ३ गठन गरिएको हो ।


त्यसैगरी भेलाले भोलानाथ गौतमको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समितीसमेत चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी बुलिङटारले जानकारी दिएको छ।








