Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

चितवन गोल्डकप भदौ २५ देखि शुरु

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • भाद्र २१, मंगलवार ०७:३० बजे प्रकाशित

चितवन । भरतपुर फुटबल क्लबको आयोजनामा भदौ २५ देखि सर्वाधिक राशिको ‘इसुजु चितवन गोल्डकप फुटबल–२०७९’ सुरु हुने भएको छ ।

असोज ३ सम्म चल्ने प्रतियोगितामा अफ्रिकन टोली, बिहार मोतिहारीको टोलीसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन् । विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

arkhala ads

प्रतियोगिता नारायणगढको क्याम्पाचौरमा हुनेछ । ‘यो चितवनमा सञ्चालित सबैभन्दा ठूलो नगद पुरस्कार भएको प्रतियोगिता हो,’ गोल्डकपका संयोजक ध्रुव भुसालले भने । विभिन्न विधाका उत्कृष्ट खेलाडीले पनि पुरस्कार पाउनेछन् । प्रतियोगिता सञ्चालन गर्न एन्फाले स्वीकृति दिएको र तोकेका मापदण्डहरू पालना गरिएको उनले बताए ।

विभागीय टिम त्रिभुवन आर्मी, एपीएफका साथै मनाङ मर्स्याङ्दी, सिमराको जनजागृति युथ क्लब, आयोजक भरतपुर फुटबल क्लब, मकवानपुर–११, सर्लाहीको वाग्मती नगरपालिका टिम र रूपन्देहीको फर्साटिकर फुटबल क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

अफ्रिकन युनाइटेड र भारतको मोतिहारी क्लबले पनि भाग लिने भएकाले यसलाई अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता भनिएको छ । पहिलो खेलमा आयोजक टिमसँग मोतिहारी भिड्ने छ । प्रतियोगिता सम्पन्न गर्न ७० लाख रुपैयाँ खर्च हुने संयोजक भुसालले जानकारी दिए । खेलस्थल क्याम्पाचौरमा ४ हजार दर्शक अट्ने अस्थायी प्यारापिट तयार गरिएको छ ।

कोरोनाका कारण शिथिल खेलकुद गतिविधिलाई प्रतियोगिताले उकास्न मदत पुग्ने चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले बताए । फुटबलका कारण खेलकुदमा मात्रै नभएर आर्थिक क्षेत्रमा पनि राम्रो प्रभाव पर्ने उनको दाबी छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
698900375_3872990559670014_4191656582435444602_n

बुलिङटार गाउँपालिकाको  आयोजनामा “कक्षा १-३ मा अध्यापनरत...

  • बुलिङटार प्रेस
  • जेष्ठ १, शुक्रबार ०३:४६ बजे प्रकाशित
699530355_1448617683949651_4580128491349074537_n

+२ परीक्षा सकिएपछि विद्यार्थीका लागि “Post Exam...

  • बुलिङटार प्रेस
  • जेष्ठ १, शुक्रबार ०३:०६ बजे प्रकाशित
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved