Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

भरतपुर, विराटनगर र नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • भाद्र १८, शनिबार ०७:१२ बजे प्रकाशित

काठमाडौँ, भदौ १८ गते । विमानस्थलको स्तरवृद्वि गर्ने लक्ष्यअनुसार तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण हुने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले भरतपुर, विराटनगर र नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको हो । नेपालगञ्जको टर्मिनल भवन बनाउन तीन अर्ब ५० करोड, विराटनगरको तीन अर्ब ५४ करोड र भरतपुर विमानस्थलको टर्मिनल भवन बनाउन एक अर्ब ७५ करोड रुपियाँ लागत अनुमान गरिएको छ ।

arkhala ads

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार करिब नौ अर्ब रुपियाँ लगानीमा निर्माण हुने तीनवटा नयाँ टर्मिनल भवनको काम तीन वर्षभित्र सक्ने गरी योजना प्राधिकरणले बनाएको छ । ५० वर्षभन्दा पुराना ती विमानस्थलका टर्मिनल भवन साँघुरो, पानी चुहिने, जीर्ण अवस्थामा पुगेकाले सुविधासम्पन्न टर्मिनल भवन बनाउन लागिएको उहाँले बताउनुभयो ।

नयाँ टर्मिनल भवन बन्न लागेका विमानस्थलमध्ये विराटनगर र नेपालगञ्जमा हाल रात्रिकालीन उडानसमेत हुँदै आएकाले हवाई उडान र यात्रुको चापका आधारमा उड्डयन सुरक्षा तथा यात्रुको सुविधालाई दृष्टिगत गरी नयाँ टर्मिनल भवन बनाउन लागिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नयाँ टर्मिनल भवनमा कन्भेयर बेल्ट, यात्रु प्रतीक्षालय, कन्फेक्सरी सप, पसल क्लबसहितको खुला र फराकिलो भवन निर्माण हुन लागेको हो ।”

त्यसबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्ब रुपियाँको लागतमा बन्ने नयाँ टर्मिनल भवन निर्माणका लागि नेपाली सेनासँग छलफल भइरहेको प्रवक्ता निरौलाले बताउनुभयो । हाल विमानस्थलको सुरक्षामा खटिएको नेपाली सेनाको ब्यारेक रहेको क्षेत्रमा नयाँ टर्मिनल भवन बनाउने तयारीअनुसार सेनालाई धावन मार्गको पारिपट्टि सार्नेबारे छलफल भइरहेको उहाँले बताउनुभयो ।

यस विमानस्थल प्रयोग गर्ने हवाई यात्रु र विदेशी जहाज सङ्ख्यासमेत बर्सेनि थपिँदै गएपछि चालू आर्थिक वर्षभित्रै नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको तयारी गर्ने प्राधिकरणको तयारी छ । नयाँ टर्मिनल भवन निर्माण कार्य सुरु भएको पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
698900375_3872990559670014_4191656582435444602_n

बुलिङटार गाउँपालिकाको  आयोजनामा “कक्षा १-३ मा अध्यापनरत...

  • बुलिङटार प्रेस
  • जेष्ठ १, शुक्रबार ०३:४६ बजे प्रकाशित
699530355_1448617683949651_4580128491349074537_n

+२ परीक्षा सकिएपछि विद्यार्थीका लागि “Post Exam...

  • बुलिङटार प्रेस
  • जेष्ठ १, शुक्रबार ०३:०६ बजे प्रकाशित
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved