Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

छाडिएको मोबाइलबाट पत्ता लाग्यो ‘चोर’ चोरीमा संलग्न तीनै जना पक्राउ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • भाद्र १७, शुक्रबार ११:४२ बजे प्रकाशित

सङ्खुवासभा, भदौ १७ गते ।गत मङ्गलवार राती करिब २ बजे खाँदबारी नगरपालिका – ३ मानेभञ्ज्याङका वीरेन्द्र भगत श्रेष्ठको पसल चोरी गर्ने चोर पत्ता लागेको छ ।

चोरी गर्ने क्रममा घर बेटीले थाहा पाएपछि भाग्ने क्रममा छाडिएको मोबाइलबाट प्रहरीले चोर पत्ता लगाएको हो ।चोर्ने क्रममा श्रेष्ठ परिवार र छिमेकीहरूको हल्ला पछि भागेका तीन जना मध्ये एउटा मोबाइल सेट भेटिएको थियो । उक्त मोबाइल सेटको माध्यमबाट चोरीमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

arkhala ads

चोरीमा संलग्न सिलिचोङ गाउँपालिका – १ का ४२ वर्षीय नन्दराज राई, सोही गाउँका ३४ वर्षीय जगत् राई र सिलिचोङ – ३ का वर्ष २३ का अङ्कित राईलाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी वीरेन्द्र गोदारका अनुसार उक्त मोबाइल धनी नन्दराज पत्ता लगाएर अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानकै क्रममा चोरीमा संलग्न अर्को सदस्यले म्यासेज गरेको थियो । उक्त म्यासेजलाई आधार बनाएर अनुसन्धान गर्दा दोस्रो व्यक्ति जगत् पनि पक्राउ गरिएको डिएसपी गोदारले जानकारी दिनुभयो ।

दुवै जना चोरीमा संलग्न भएको पुष्टि भएसँगै तेस्रो व्यक्ति अङ्कित लाई पनि पक्राउ गर्न सहज भएको गोदारले जानकारी दिनुभयो । उनीहरूको साथबाट ३ थान खुकुरी, फलामको रड, नकाब, फलाम काट्ने कैँची, मोबाइल सेट ४ थान, कपडा सहितको झोला, प्याकेटमा खोर्सानीको धुलो लगायतका सामाग्रीहरू बरामद गरिएको छ ।

चोरीमा संलग्नहरूलाई जिल्ला अदालत चैनपुरबाट ‘डाका चोरी तथा ज्यान मार्ने उद्योग’मा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित
IMG_4134

नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि अम्रिसो खेती...

  • जेष्ठ १७, आईतवार ०७:४५ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved