Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

मेलाजात्राका कारण पठनपाठन प्रभावित

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ भदौ १७ | मध्यान्ह १२:०५ बजे

म्याग्दी, भदौ १७ । म्याग्दीका विद्यालय परिसरमा मेलाजात्रा सञ्चालन गरिँदा पठनपाठन प्रभावित हुन थालेको छ । विद्यालयमा हप्तौँसम्म खेलकुद र सांस्कृतिक मेला सञ्चालन गरिँदा विद्यार्थीको पठन पाठनमा असर परेको हो । स्थानीय तह, राजनीति दलका प्रतिनिधि र सरोकारवालाको सहभागितामा विसं २०७६ मा जारी भएको मेला–महोत्सव सञ्चालनसम्बन्धी कार्यविधिविपरीत विद्यालयमा पठनपाठन बन्द गरेर मेला सञ्चालन गर्ने क्रम बढेको छ।

अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा देउराली युवा क्लबले साउने सङ्क्रान्ति पर्वका अवसरमा सञ्चालन गरेको मेलाका कारण नौ दिन पठनपाठन रोकिएको थियो। जनैपूर्णिमा पर्वका अवसरमा अन्नपूर्ण गाउँपालिका–५ को शिख माविमा मेला सञ्चालन गर्न सात दिन पठनपाठन बन्द भएको थियो। बेनी नगरपालिका–१० वाखेतको घारसुन्ना युवा क्लबको आयोजनामा गत हप्ता विद्योदय आधारभूत विद्यालय परिसरमा हरेलो र वडा नं ५ को द मनसुन युवा क्लबको आयोजनामा बालजागृति आधारभूत विद्यालय परिसरमा तीजपर्वका अवसरमा चुत्रेनीमा खेलकुद मेला सञ्चालन भएको थियो। धवलागिरि गाउँपालिका–७ को ताकम माविमा बुधबारदेखि तीजपर्वका अवसरमा खेलकुद र सांस्कृतिक मेला सञ्चालन भएको छ । स्थानीय युवा क्लबको आयोजनामा विद्यालय परिसरमा सञ्चालित मेलाका कारण विद्यालयको पठनपाठन ठप्प हुने गरेको छ । प्रायः सबै बस्तीमा आयोजना हुने मेलाजात्रा विद्यालय परिसरमा पठनपाठन नै ठप्प पारेर आयोजना हुने गरेका छन्।

arkhala ads

विद्यालयमा राजनीतिक दल, सङ्घसंस्थाले कुनै बाहनामा विद्यालय बन्द गराउन नपाउने, विद्यालयमा राजनीतिक तथा अन्य शैक्षिक वातावरण प्रभावित हुने गतिविधि नगर्ने भनिए पनि ‘विद्यालय शान्ति क्षेत्र’ को शर्तविपरीत विद्यालयको पठनपाठन नै बन्द गरी मेलाजात्रा लगाउने प्रचलन बढ्दै गएको छ। विद्यालय परिसरमा मेलाजात्रा सञ्चालन गर्दा पठनपाठनको वातावरण नहुने र विद्यार्थी खेल्न जाँदा उनीहरुको पढाइ छुटेर पाठ्यक्रम पूरा गर्न तथा सिकाइ उपलब्धिमा असर परेको अन्नपूर्ण गाउँपालिका–७ को टिकोट माविका प्रअ ठकराज पुन (प्रदीप)ले बताए।

‘विद्यालयको कक्षा कोठामा भट्टीपसल राखेर जाँडरक्सी व्यापार कहिलेसम्म गर्ने ? मेलाजात्राको समय घटाऔँ । मेला गर्ने नै भए पनि विद्यालय बाहिर स्थान खोज्नुपर्छ,’ उनले भने, ‘शैक्षिक पात्रोअनुसार त्रैमासिक परीक्षासमेत प्रभावित हुने गरी विद्यालयमा मेला लाग्दा शिक्षक÷विद्यार्थीको पीडा, मेलाजात्रा लाग्ने स्थानको विकल्प खोजौँ । मदिरा व्यापारीले मेलाजात्रा लम्ब्याउन प्रेरित गर्ने गरेका छन्। अब मेलाजात्राको शैलीमा परिवर्तन आवश्यक छ।’

धार्मिक, सांस्कृतिक तथा खेल क्षेत्रलाई प्रोत्साहन गर्ने भन्दै आयोजना गरिने मेला÷जात्रा बालविवाहको अखडा, मदिरामय र लम्मेतान हुँदा गाउँको सुरक्षा, अर्थतन्त्र र शैक्षिक वातावरण खलबलिएको भन्दै तीन वर्षअघि जिल्ला प्रशासन कार्यालयले मेला तथा महोत्सवसम्बन्धी २२ बुँदे मापदण्ड निर्माण गरी स्थानीय पालिका, प्रहरी, राजनीतिक दल, व्यवसायीसमेत सर्वपक्षीय भेलाबाट अनुमोदन गरेको थियो। स्थानीय तहका जनप्रतिनिधिले मेला अवधि छोट्याउन, सुरक्षा व्यवस्थापन गर्न र पठनपाठनमा असर नपार्न क्लबका पदाधिकारीसँग छलफल गरेको बताएका छन्। कार्यविधि कार्यान्वयनका लागि धवलागिरि गाउँपालिकाले भदौ पहिलो हप्ता युवा क्लबका पदाधिकारीसँग छलफल गरेको उपाध्यक्ष रेशम पुनमगरले बताए। अन्य स्थानीय तहका जनप्रतिनिधिले खेलकुदका लागि विद्यालयभन्दा फरक ठाउँमा खेलमैदान बनाउने र एकवटा वडामा वर्षमा एकवटा मात्र मेला सञ्चालन गराउन पहल गरेको बताएका छन्।

जिल्ला प्रशासन कार्यालयले मेला सञ्चालन गर्न अनुमति लिने क्रम बढेको जनाउँदै उनीहरुलाई कार्यविधि पालनामा जिम्मेवार बन्न सचेत बनाएको जनाएको छ। स्थानीय तहहरूसँग छलफल गरेर कार्यविधि कार्यान्वयनमा कडाइ गर्ने प्रयास गरेको प्रजिअ चिरञ्जीवी रानाले बताए। कोरोना महामारीका कारण यसअघिका दुई वर्ष मेला महोत्सव सञ्चालन भएका थिएनन् । यस वर्ष मेलाजात्रा आयोजना गर्ने क्रम बढेको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved