Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नेपाल क्रिकेट इन्स्टिच्युटको आयोजनामा आज शनिवारबाट सुरु

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ भदौ १२ | मध्यान्ह ०४:०५ बजे

काठमाडौं । नेपाल क्रिकेट इन्स्टिच्युटको आयोजनामा आज (शनिवार) बाट सुरु भएको शिक्षान्तर स्कुल दोस्रो इपीएस ड्रिजल कप क्रिकेट प्रतियोगिताका ६ खेलहरु सम्पन्न भएका छन ।

मिनभवन स्थित इपीएस स्कुलको प्राङगणमा शनिवार भएको उदघाटन खेलमा अक्षरा ए ले इपीएसलाई ७ विकेटले पराजित गर्यो । त्यस्तै दोस्रो खेलमा अक्षरा बी ले शिक्षान्तरलाई ५ विकेटले पराजित गर्यो ।

arkhala ads

तेस्रो खेलमा अक्षरा ए ले न्यू इरालाई २७ रनले पराजित गर्दा चौैथो खेलमा नाइटिङेलले अक्षरा बी लाई ३४ रनले पराजित गर्यो । त्यस्तै शनिवारनै भएको पाचौं खेलमा न्यू इराले आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्दै इपीएसलाई ४ विकेटले पराजित गर्दा छैठौं खेलमा नाइटिङेलले शिक्षान्तरलाई १०० रनले पराजित गर्यो ।

शनिवारको खेलमा जितसँगै समुह सी बाट अक्षरा ए र न्यू इरा तथा समुह डी बाट अक्षरा बी र नाइटिङेलले क्वाटर फाइनलमा स्थान बनाएको छ । प्रतियोगिता अन्तर्गत मंगलवार समुह ए र बी का खेलहरु हुनेछन ।

प्रतियोगितामा काठमाडौं उपत्यकाका १२ विद्यालयहरुले सहभागिता जनाएका छन । प्रतियोगिताको उपाधि विजेताले रु १४ हजार ५ सय र उप विजेताले रु ८ हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछन । प्रतियोगिताका उत्कृष्ट खेलाडीले रु ३ हजार ५ सय, उत्कृष्ट बलर र ब्याटसम्यानले समान २ हजार १ सय प्राप्त गर्नेछन । हरेक खेलका उत्कृष्ट खेलाडीलाई रु ५ सय प्रदान गरिने आयोजकले जनाएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20261101-WA0004

मौलाकालिका मन्दिर जाने बाटो तथा केबलकार परिसरमा...

  • २०८३ कार्तिक १५ | मध्यान्ह १२:०७ बजे
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved