जानकी टोला नाका हुदै तस्करीका साथै हुन्डी कारोवारमा बढोत्तरी

वीरगंज १० श्रावण । पर्साको ग्रामिण भेगमा पर्ने जानकी टोला नाका हुदै व्यापक रुपमा तस्करीको कार्य बढ्दै गएपनि सम्बन्धीत निकाय मुकदर्शक बनेका छन । प्रहरी चौकी जानकी टोलाका प्रमुख बरिष्ट प्रहरी नायब निरीक्षक रंजन सिंहको सहयोग र संरक्षणमा तस्करी कार्य बढ्दै गएपनि सम्बन्धीत नै मुकदर्शक बन्न पुगेको हो । प्रहरी संगठनमा आफ्नो पहुच राम्रै भएको […]

बाग्लुङ, लमजुङ र कालिकोटमा पहिरो जाँदा सडक अवरुद्ध

बुटवल । बाग्लुङ, लमजुङ र कालिकोटमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१० डब्ल्याङस्थित कालीगण्डकी कोरिडर सडकमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । लमजुङ, बेसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा आज बिहान पहिरो जाँदा डुम्रे–बेसिशहर सडकखण्ड अवरुद्ध भएको छ । त्यसैगरी कालिकोट, खाडाचक्र नगरपालिका–२ जितेस्थित कर्णाली राजमार्गमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको […]

झापाका तीन किशोरीले सामुहिक आत्महत्या गरेको पुष्टि

झापा । झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरीले आत्महत्या गरेको पुष्टि भएको छ। कचनकवल गाउँपालिका–५ स्थित पाठामारीको बेल्ले गाउँस्थित सुनकोसी चिया बगानमा उनीहरुको शव फेला परेको थियो। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोस्टमार्टम गर्दा झुन्डिएर मृत्यु भएको देखिएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आत्महत्याको कारणबारे भने केही खुल्न सकेको छैन । गएको […]

कसरी बाहिरियो ६ दिनमा बैंकबाट ६३ अर्ब रुपैयाँ ?

काठमाडौ । नेपाल बैंकर्स संघले सोमबार अपत्यारिलो रिपोर्ट सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष अर्थात् २०७८/७९ को असार मसान्तसम्ममा २६ वटा वाणिज्य बैङ्कहरूले ४५ खर्ब ४१ अर्ब निक्षेप सङ्कलन गरेकामा एकाएक साउन ६ गतेभित्र ६३ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको तथ्याङ्क प्रकाशित गरेको छ । जबकि यता कर्जा लगानी तर्फ पनि नबढेर सो अवधिमा उल्टो […]

धनुषाबाट स्रोत नखुलेको २४ लाख रुपैयाँसहित एक भारतीय पक्राउ

अभिजित दास धनुषा । स्रोत नखुलेको झण्डै २४ लाख नेपाली रुपैयाँसहित एक भारतीय युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारको मधुवनी जिल्ला ग्राम पंचायत हरलाखी हरिने वार्ड नं ९ बस्ने १९ वर्षीय अब्दुल समी रहेका छन् । विशेष सुचनाको आधारमा प्रहरी चौकी हनुमाननगरबाट खटिएको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका १२ कुवाँ स्थित […]

झापामा तीन किशोरी मृत्यु प्रकरण : घटनाको कारण खोज्दै प्रहरी

झापा । एउटै रूखमा तीन किशोरी एकैपटक किन झुन्डिए भन्दै नेपाल प्रहरी अनुसन्धानमा जुटेको छ। झापाको कचनकवल गाउँपालिका–५ स्थित दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारस्थित बयरको रूखमा सोही ठाउँका पंचम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र वीरबल गणेशकी १७ वर्षीय छोरी कल्पना कुमारी आइतबार बिहान साढे […]

सुस्तामा पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

नवलपरासी । नवलपरासीको (पश्चिम) सुस्ता गाँउपालिका–२ सतपत्तीमा आज बिहान मोटरसाइकल पुलबाट खसेर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल गाँउपालिका–१ सालबासका ५३ वर्षीय ओमनाथ फौहदार रहेका छन् । उनको चौपत्ता स्थित शहीद स्मृती सामुदायीक अस्पताल उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो । आज बिहान ३ बजे ओमनाथले चलाएको लु […]

जनकपुरधामको नगरसभामा ४३ लाखभन्दा बढी खर्च, उपस्थितले खाए ८ क्विन्टलभन्दा बढी मासु

अबिजित दास जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले नगरसभामा ४३ लाखभन्दा बढी रकम खर्च गरेको छ । जनकपुरधाम उपमहानगरपालिका आर्थिक वर्ष २०७७÷७८ मा गरेको नगरसभामा ४३ लाखभन्दा बढी रकम खर्चेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आव २०७७/७८ को प्रतिवेदन अनुसार उपमहानगरपालिकाले नगरसभा सञ्चालनमा दुई दिनमा ४३ लाख ८ हजार १२८ रुपैयाँ खर्चेको छ। उपमहानगरपालिकाले सञ्चालन […]

कार्यालयमा तोडफोड गरेको घटना दुखद हो: मेयर श्याम श्रेष्ठ

प्रेम शिला यादव सिरहा १० श्रावण । सिरहाको गोलबजारमा करारको कर्मचारीहरुले गरेको कार्यालय तोडफोड निन्दनीय रहेको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठले पत्रकार समेलनमा बताए । नगरपालिकाले असार ३० गते करार अबधि थप नगर्दा कर्मचारीहरुको एक समुहले नगरपालिकाको कार्यालयमा तोडफोड गरेको प्रति नगरपालिकाको ध्यानाकर्षण भएको छ्। नगरपालिकाले कर्मचारी भर्ना गर्दा दक्ष अनुभवीलाई पारदर्शी प्रकृया अपनाएर माग […]

तिलक रामदामको तीज गीत “चकलेटी हिरो” सार्वजनिक

नवलपुर । नवलपुरको बुलिङटार – १ मा जन्मेका गायक तथा मोडेल तिलक रामदामले यसपालिको तीजमा दर्शक स्रोताका लागि “चकलेटी हिरो” बोलको तीज गीत सार्वजनिक गरेका छन । गीतमा मिलन सिलवालको शब्द, मोडेल तथा गायक तिलक रामदाम र माण्डवी त्रीपाठीको सुमधुर आवाज रहेको छ । तीजको लयमा आफ्नो मान्छे सबै भन्दा राम्रो, दुनियाँमा कुनै वस्तुसंग दाज्ने […]