रुपन्देहीको कल सेन्टरबाट अवैध कारोबार गर्ने २५८ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमामा आइतबार कल सेन्टरका नाममा भएको अवैध कारोबारको जालो खोज्न नेपाल प्रहरीले विशेष अनुसन्धान गर्ने भएको छ । ब्लु स्काई विजेनश सोलुसन प्रा.लि (कल सेन्टर) नामक यो संस्थाबाट २ सय ५८ जना कर्मचारीले दैनिक करोडौँको कारोबार गरेको भेटिए पनि उनीहरूलाई दिने सेवा सुविधा कसरी दिइएको थियो भन्ने खुलेको छैन । भारतीय र […]
फेसबुकमा निजि फोटो दुरुपयाेग गरी ब्ल्याकमेलिङ गरेर बलात्कारको प्रयास, दुई युवक पक्राउ

रुपन्देही । रुपन्देहीमा एक युवतीको निजि फोटो दुरुपयोग गरी ब्ल्याकमेलिङ गरेर जबरजस्ती करणी गर्न खोज्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुकमा युवतीको निजि फोटो राखेर बेइज्जत गरिदिने धम्की दिँदै भेट्न बोलाएर जबरजस्ती करणी प्रयास गरेको आरोपमा गैंडहवा गाउँपालिका–९ का २१ वर्षीय जगन्नाथ मल्लाह र गैंडहवा गाउँपालिका–१ का १७ वर्षीय युवक पक्राउ […]
भिस्वा नाका बन्यो तस्करहरूको अखडा, सम्बन्धित निकाय रकममा लिप्त

बीरगंज, ९ श्रावण । पर्सा जिल्लाको ग्रामीण मुख्य नाकाको रूपमा चिनिने भिस्वा नाका तस्करहरूको अखडामा परिणत भएपनि सम्बन्धित निकाय रकममा लिप्त भएका छन । जिल्लाको दोश्रो मुख्य नाकाको रूपमा चिनिने भिस्वा नाकाबाट दिनहुु करोडौको मालसामान अवैध तरिकाले आयात निर्यात भइरहेपनि स्थानीयदेखि जिल्लाका प्रहरीहरूसमेत रकममा लिप्त हुने गरेको पाइएको हो । स्थानीय प्रहरीको सहयोगमा ठुलाबडा तस्करका […]
नारायणगढको पुल्चोकमा भारतीय ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, साउन ९ । नारायणगढको पुल्चोकमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पुल्चोकबाट गैडाकोटतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्याङकरले नारायणगढ बजार क्षेत्रमा माग्दै हिड्ने एक महिलालाई आज दिउसो १ बजे ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । मृतकको परिचय खुलेको छैन । शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । ठक्कर दिने ट्याङकर […]
करार कर्मचारीद्वारा लहान नगरपालिकामा धर्ना

महेश सिंह सिरहा । २०७४ को निर्वाचन पश्चात् लहान नगरपालिकामा पुर्व मेयर मुनि साह सुडीको सरकारले १०० सयौं करारका कर्मचारी भर्ना गरेका थिए । २०७९ को निर्वाचन पस्चात लहानका मेयर महेश प्रसाद चौधरीले अनावश्यक करारका कर्मचारीहरुलाई हटाउदा पुनः काममा फर्काउन करारका कर्मचारीहरुले नगरपालिका विरुद्ध धर्नामा बसेका छन्। भर्ना गरिएको करार कर्मचारीमा विभिन्न बर्ग समुदायको ब्यक्तिहरु […]
धान रोप्न हिडेका तीन जनाको शव रुखमा, घट्ना शंकास्पद

झापा । कचनकवल–५ दल्ले गाउँ झापाकी १७ वर्षीया कल्पना कुमारी गणेश नजिकैको चिया बगानमा काम गर्थिन्। घरको आर्थिक अवस्था कमजोर थियो। परिवारको गुजरा चलाउन बुबालाई मदत गर्थिन्। शनिबारको दिन बगानमा काम गर्न जानुपर्दैन, बिदा हुन्छ। खाना खाएर दिउँसो १२ बजे छिमेकी साथी १६ वर्षीया करिना र १७ वर्षीया अञ्जलीसँग निस्किइन्। तीनै जना मिल्ने साथी हुन्। […]
नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित

काठमाडौं, साउन ९ । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । लम्सालले ७४५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले भने ६१२ मत ल्याएकी थिइन् । लम्साल संस्थापनइतर र अनिता सभापति शेरबहादुर देउवा पक्षकी हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा प्रेम केसी […]
अछामको तुर्माखाँदामा पहिरो, घरभित्र सुतेका तीन बेपत्ता

अछाम, साउन ९ । अछामको तुर्माखाँदामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। गएराति तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोमा परी एक जना घाइते भएका छन्। घरभित्र सुतिरहेका तीन जना वेपत्ता रहेको प्रहरीले जनाएको छ। राति १ बजे पहिरो गएको खबर आएको अछामका प्रमुख जिल्ला […]
खुकुरीले हानेर श्रीमतीको हत्या, हाम फालेर भाग्ने क्रममा श्रीमानको मृत्यु

चितवन,साउन ९ । चितवनको भरतपुरमा एक पुरुषले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । हत्यापछि तीन तलाबाट हामफालेर भाग्ने क्रममा श्रीमानको पनि मृत्यु भएको छ । हिजो साँझ १०ः३० बजे भरतपुर महानगरपालिका १० रमाइलोचोक स्थित आफ्नै घरको बैठककोठामा ४३ बर्षिय कृष्णप्रसाद आचार्यले ३५ बर्षीय श्रीमती रुष्मा आचार्य घिमिरेलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको […]
सिन्धुपाल्चोक केन्द्रविन्दू भएर ४.७ रेक्टरस्केलको भूकम्प

काठमाडौं, साउन ९ । सिन्धुपाल्चोकमा सोमबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काभ्रे, दोलखा, रामेछापसहित काठमाडौं उपत्यकामा पनि महसुस भएको थियो । क्षतिबारे कुनै विवरण प्राप्त भइसकेको छैन ।
